उर्लाबारी–३ मा लुडो र क्यारम खेल्न प्रतिबन्ध, खेलाउनेलाई ५ रुपौँया जरिवाना

उर्लाबारी–३ मा लुडो र क्यारम खेल्न प्रतिबन्ध, खेलाउनेलाई ५ रुपौँया जरिवाना

२३ पौष,  मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर–३ ले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आइतबार बसेको वडा समितिको बैठकले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको वडाध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए ।

वडाध्यक्ष बुढाथोकीले लुडो र क्यारमजस्ता खेलले युवाहरूलाई दुव्र्यसनमा फसाउन सघाउ पुगेको दाबी गरे । वडाध्यक्ष बुढाथोकीले सार्वजनिक स्थानमा लुडो र क्यारम खेल्नेहरूले हल्ला गर्ने गरेको गुनासो आएपछि यस्तो कदम चालिएको बताए ।

सार्वजनिक स्थल र पसलहरूमा लुडो–क्यारम खेल्नेहरूले हल्ला गरेको गुनासो आएको र त्यसपछि आइतबार बसेको वडा समितिको बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको उनले बताए । क्यारम र लुडो खेलाउने पसललाई पहिलो पटकका लागि ५ रुपैयाँ जरिवाना गरिने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर