समाचार
प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय
१२ पुष, काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निणर्य सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय भएको जानकारी दिइन् । “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्ने भन्ने निर्णय भएको छ । यस अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने भन्ने छ,” उनले भनिन् । शर्माले प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी..
फरवार्ड माइक्रोफाइनान्सले बाेलायाे वार्षिक साधारण सभा
१२ पुष, सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले पौष २७ गते ११ औं वार्षिक साधारण सभा बोलाएको हो । संस्थाले एक सूचना प्रकाशित गरी कम्पनी ऐन २०६३ को दफा ६७ (२) अनुसार वार्षिक साधारण सभा बोलाएको हो । वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आ.व...
यमन माझिलाई ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’
१२ पुष, काठमाडौँ । ‘माझी किङ’ को उपनामले परिचित गायक एंव संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट गायक अवार्डसहित मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्टद्धारा आयोजित “सातौ मनास्लु राष्ट्रिय अवार्ड - २०८०” मा माझिलाई अवार्ड प्रदान गरिएको हो । मन बहादुर पुनको अध्यक्षतामा आदिवासी जनजाति आयोगका अध्यक्ष — माननिय राम..
बन्दाबन्दै भत्कियो पक्की पुल
१२ पुष, भोजपुर । भोजपुरमा निर्माणाधीन पक्की पुलको संरचना भत्किएको छ। षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल बिहीबार बिहान भत्किएको हो। ‘बन्दाबन्दैको पक्की पुल भत्किएको हो । पुल भत्किएर मानवीय क्षतिचाहिँ भएको छैन,’ षडानन्द नगरपालिकाका प्रमुख सुरेशकुमार उदासले भने। उनले पुल ढलान गर्नका लागि तयार पारिएको संरचना भत्किएको बताए । ‘खोला फर्काएर टेको लगाएर फर्मा ठोकिएको थियो। त्यसमाथि फलामका छडहरू बाँध्ने काम भइरहेको थियो।..
एभोकाडो खेतीमा इलामका किसान आर्कषित
१२ पुष, इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका-५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । “तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई वर्ष पुराना बिरुवा धेरै छन्, गत वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन ”, उहाँले भन्नुभयो । जिल्ला..
माङसेबुङको रतुवाबैंसीमा बाल विकास केन्द्र स्थापना
१२ पुष, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका-३ रतुवाबेंसी टोलकी रिना लिम्बू बुधबार निकै खुशी देखिन्थिन् । त्यसको कारण थियो, आफ्नै टोलमा बाल विकास केन्द्र स्थापना भई उद्घाटन हुनु र आफ्नो छोराको नाम दर्ता हुनु । रिनाले बाल विकास केन्द्रमा छोरा सेसेहाङ लिम्बूको नाम दर्ता गराएकी छन् । आफुले पढ्न नपाएपनि छोरालाई धेरै पढाउन इच्छा रहेको रिना बताउँछिन् । छिमेकी माङ्से नेम्बाङ पनि ६ वर्षको भए । आफू कक्षा १ मा..
हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर
१२ पुष, धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ उग्रताको सीमा नाघ्दै अघि बढेका छन् । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले आज आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाइदिए । उनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् । मेयर साम्पङले हिजो सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र..
तीन दशकपछि दमक-चिसोपानी सडक निर्माणले तिव्रता पाउने
१२ पुष, माङसेबुङ । पाँचथरमा सडक संजालको असहज महसुस गरेर पाँचथर बाट बसाईसारई लिएर इलामको माङसेबुङमा आउनुभएकी हरीमाया राईले अहिले सम्म पनि सहज सडकको पहुच उपभोग गर्न पाएकी छैनन् । राई सहज सडक उपभोग गर्न पाइन्छ भनेर माङसेबुङमा आएको तर सडकमा गाडि गुड्दा बस्ती नै धुलोले ढाक्ने सास्ती माथि सास्ती थपिएको पिडा पोख्दै अहिले सम्मपनि कालोपत्रे सडकको पर्खाइमा बसिरहेकी छन् । तर उनी जब माङसेबुङ आइन त्यसअघि निमाणर् थालिएको सडक..
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जापानका राजदूत युटाकासँग शिष्टाचार भेट
१२ पुष, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले शिष्टाचार भेट गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपतिले जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुल्ला दिलले प्रशंसा गरेका छन् । त्यस्तै उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
रुपन्देही र चितवनमा सवारी दुर्घटनाः २ जनाको मृत्यु
१२ पुष, चितवन । रुपन्देही र चितवनमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रूपन्देहीको शुद्धोधन गाउँपालिका-२ पडरवा टोलमा बुधबार साँझ लु.१ च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोध रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७