साउदीले सन् २०२३ मा एक सय ७० जनालाई दियो मृत्युदण्ड

१७ पौष, काठमाण्डौँ । साउदी अधिकारीहरूको घोषणाअनुसार साउदी अरबले सन् २०२३ मा एक सय ७० जनालाई मृत्युदण्ड दिएको छ । यसमा नयाँ वर्षको पूर्वसन्ध्यामा चार जना समावेश थिए । खाडी राज्य साउदी अरबमा सन् २०२२ मा कूल एक सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानवअधिकार कार्यकर्ताहरूले साउदी अरबको आलोचना गरेका छन् । सन् २०१९ मा उक्त मुलुकले एक सय ८७ जनालाई मृत्युदण्ड दिएर रेकर्ड..

दमक जेसिसको अध्यक्षमा रामचन्द्र अधिकारी सर्वसहमत

१७ पौष, झापा । दमक जेसिसको नयाँ नेतृत्वका लागि रामचन्द्र अधिकारी (आरसी) अध्यक्षमा सर्वसहमत चयन भएका छन् । शनिबार भएको ४३ औं साधारण सभाबाट दमक जेसीज वर्ष २०२४ को लागि रामचन्द्र अधिकारी (आरसी) अध्यक्षमा सर्वसहमत बनेका हुन् । प्रमूख निर्वाचन आयुक्त सुयोग खरेलको नेतृत्वले सम्पन्न सभाबाट सबै पदाधिकारीहरुलाई सर्वसहमत चयन भएको हो । वर्ष २४ को नेतृत्वका लागि कार्यकारिणी उपाध्यक्षमा जेसी लोकेश सापकोटा र जेसी उमेश गजमेर चयन भएका छन्..

दक्षिण कोरियाली विपक्षी दलका नेता म्युङमाथि छुरा प्रहार

१७ पौष, काठमाण्डौँ । दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे म्युङमाथि पत्रकारहरुसँग कुरा गरिरहेका बेला छुरा प्रहार भएको छ । कोरियाली समाचार एजेन्सीका अनुसार आक्रमणकारीलाई बुसानस्थित घटनास्थलबाटै पक्राउ गरिएको छ । विपक्षी दलका नेता ली जे म्युङ दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणमा रहेको बेला आक्रमण भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । लीलाई एक अज्ञात व्यक्तिले घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका हुन् । लीको अटोग्राफ माग्दै उनी नजिक..

अदालतको आदेशबारे ईपीएस कोरियाको जवाफ आएन

१७ पौष, काठमाण्डौँ । सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएकाहरूलाई आवेदनमा सहभागी गराउन अदालतले आदेश दियो । गत शुक्रबार उच्च अदालत पाटनले निवेदनकर्ता र इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो । सोही आधारमा ईपीएस कोरिया शाखाले सूचना समेत जारी गरेर आजदेखि फारम भर्नका लागि आह्वान गरेको छ । तर, अदालतको आदेशबारे रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया एचआरडी सर्भिस अफ कोरियाबाट..

इलामको एकै किसानले १० लाखको सुन्तला बेचे

१७ पौष, इलाम । इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ । ‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु’, चापागाईँले भने । सुन्तला लगाएको पहिलो वर्ष रु तीन हजारमा बिक्री भएको सम्झँदै उनले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै रु १० लाखमा..

डेनमार्ककी महारानी मार्गरेट द्वितीयाद्धारा राजगद्दी परित्यागको घोषणा

१६ पौष, काठमाण्डौँ । डेनमार्ककी महारानी मार्गरेट द्वितीयाले राजगद्दी परित्यागको घोषणा गरेकी छन् । ८३ वर्षीया मार्गरेटले नयाँ वर्षको अवसरमा गरेको टेलिभिजन सम्बोधनमा आफूले राजगद्दी त्याग्न लागेको घोषणा गरेकी हुन् । उनले जनवरी १४ तारिखदेखि आफू औपचारिक रूपमा पदबाट बाहिरिने बताएकी छन् । आफूपछि उक्त पद छोरोलाई हस्तान्तरण गर्ने जानकारी दिइएको छ । बढ्दो उमेर र स्वास्थ्य समस्याको कारण अब आफू सक्रिय रहन नसक्ने जनाउँदै उनले उक्त निर्णय लिएको बताइन्..

सामान्य प्रशासनमन्त्री शाहले सुरु गरिन पुलिस क्लबभित्रै अनसन

१६ पौष, काठमाण्डौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाह महेन्द्र पुलिस क्लबभित्रै अनसन बसेकी छन् । उनले धोतीलाई राष्ट्रिय पोशाकको मान्यता र आज बिहान र्यालीको क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्नुपर्ने माग राख्दै अनसन थालेको बताइएको छ ।राष्ट्रिय धोती दिवसका अवसरमा बिहान जनमत पार्टीले र्याली निकाल्दै निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न लाग्दा मन्त्रीसहित जनमत पार्टीका अध्यक्ष सिके राउत, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता..

धोती दिवस मनाउन निस्किएका सीके राउत माइतीघर क्षेत्रबाट पक्राउ

१६ पौष, काठमाण्डौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत माइतीघर क्षेत्रबाट पक्राउ परेका छन्। आज बिहान निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न खोजपछि राउतलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो। राउतसहितका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राउतसहितका नेता कार्यकर्ता धोती दिवस मनाउन माइतीघरमा पुगेका हुन्। जनवरी १ का दिन पहाडी समुदायले टोपी दिवस शुरु गरेपछि मधेशमा धोती दिवस मनाउन थालिएको छ। स्थानीय प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म धर्ना,..

कम्युनिष्टसंग सहकार्य गरिराखे कांग्रेसको अस्तित्व संकटमा पर्नसक्छः शेखर कोइराला

१६ पौष, काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थामा पार्टी चले अस्तित्व संकटमा पर्नसक्ने बताएका छन् । प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै सबै मिलेर पार्टी चलाउनुपर्ने बताए । उनले भने, ‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौं भन्ने डर छ । बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नुहुन्थ्यो । त्यो तीवटा कुरालाई लिएर कांग्रेस अघि बढ्यो भने समाप्त हुँदैन । तर, अहिले हामी जसरी जाँदैछौं केन्द्रीय..

पहिचानवादीद्धारा मेची राजमार्ग बन्दको घोषणाः बुलेटको रिहाई र पाथिभरामा केबलकार बनाउने निर्णयको विरोध

१६ पौष, इलाम । कोशी प्रदेश नामाङ्कनविरुद्ध लामो समयदेखि आन्दोलनरत पहिचानवादी समूहले मेची राजमार्ग बन्दको घोषणा गरेको छ । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले बुलेट किराती भनिने अन्जेश राईको रिहाईको माग गर्दै पुस १८ र १९ गते राजमार्ग बन्दको आह्वान गरेको हो । समितिले मंसिर ३० र पुस १ गते आह्वान गरेको आन्दोलनको क्रममा इलामको रोङ गाउँपालिका–४, किटनीस्थित पराल बोकेको गाडीमा आगजनी गरिएको थियो । आगजनी गरेको..