समाचार
प्रधानमन्त्री प्रचण्डले बोलाए आकस्मिक बैठक
काठमाडौं,१४ पुस । मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यायलमा बैठक केहिबेरमा बस्नेछ । आजको बैठकमा शुक्रबार ललितपुरको बालकुमारीमा इपीएस भाषा परीक्षाबाट बञ्चित युवाहरुको प्रदर्शनका क्रममा भएको झडपमा ज्यान गुमाएका २ जना र घाइते भएकाहरुको परिवारलाई क्षतिपूर्ति दिनेबारेमा निणर्य हुनेछ । बालकुमारीमा शुक्रबार आन्दोलनकारीले यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीले गोली चलाउँदा २ जनाले ज्यान गुमाएका थिए..
इलाममा रोगको कारण अदुवा उत्पादनमा कमि आएपछि किसान चिन्तित
१४ पुष, इलाम । इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन् । अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो । तर रोगका कारण किसानले अदुवा खेती गर्न छोड्दै गएका माइजोगमाई गाउँपालिका-३ का किसान मिलन खड्काले बताउनुभयो । “इलामका..
सङ्घीय ऐन निर्माणका निम्ति गम्भीररूपमा लागिपरेको छुः प्रधानमन्त्री ‘प्रचण्ड’
१४ पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलका क्रममा प्रधानमन्त्री दाहालले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरू सबै जानकार नै हुनुहुन्छ, मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरी त्यसका निम्ति सङ्घर्ष गरेको थिएँ,..
झापामा प्रतिबन्धित लागू औषधसहित २ जनालाई नियन्त्रण
१४ पुष, झापा । नेपाल प्रहरीले प्रतिबन्धित लागू औषध र ओसारपसार गर्न प्रयोग भएको एक मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएको छ । गए राति झापाको मेचीनगर नगरपालिका-१३ चारआली चोक स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे।५ प.३६४८ नं.को मोटरसाइकल चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं।११ बस्ने वर्ष अन्दाजी २९ का मनिस मोक्तान र सोही मोटरसाइकल पछाडि सवार ३७ वर्षीय रीग..
अभिनेता दयाहाङद्वरा बालकुमारी घटनालाई राजनीतिकरण र थप आक्रोशित नबनाउन आग्रह
१४ पुष, काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनपछि अभिनेता दयाहाङ राईले घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । उनले यसलाई थप उद्वेलित र आक्रोशित बनाउन नहुने पनि बताएका हुन् । राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जे नहुनु थियो भयो अब यसलाई राजनीतीकरण नगरौँ, युवाहरूमा निरस र आक्रोश आउनु देखिनु तपाईं हामी नै जिम्मेवार हुनुपर्छ यो गाऊँ समाज अनि देशको समस्या हो र हाम्रो समस्या हो । अझ उद्वेलित र..
सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह
१४ पुष, काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन् । ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो । महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रित रहेको नाटकले आँखै अगाडी हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्तिमाथि..
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. जैनुद्धिन अन्सारी
१४ पुष, काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो । बिरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् । नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज..
सूर्योदय नगरपालिकामा १८ वर्षभन्दा मुनिका बालबालिकालाई मदिरा बेच्न नपाइने
१४ पुष, इलाम । इलामको सूर्योदय नगरपालिकाले साँझ ५ बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने नियम लागू गरेको छ । यस्तै, १८ वर्षभन्दा मुनिका बालबालिकालाई मदिरा बेच्न नपाइने नियम पनि बनाइएको छ । कार्यपालिका बैठकबाट मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै यस्तो व्यवस्था गरिएको प्रवक्ता ख्यामबहादुर भुजेलले बताए । दिउँसै मदिराले लट्ठिएर होहल्ला गर्ने प्रवृत्ति बढेको, सार्वजनिक निकाय वरिपरि मदिरा बेचबिखन गर्ने गरेको, विद्यार्थीलाई मदिरा बेचबिखन..
क्रिकेटर लामिछाने दोषी ठहरः ७ देखि १० वर्ष जेल सजाय हुन सक्ने
१४ पुष, काठमाडौं । जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ । अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको पनि अदालतले ठहर गरेको छ । यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १०..
बालकुमारीमा भएको घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङः छिटो र निष्पक्ष छानविन गर्न निर्देशन
१४ पुष, काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । आज शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ लिएका हुन् । ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित रहेका थिए।..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७