समाचार
नयाँ बर्षको पहिलो दिन जापानमा ७ रेक्टरस्केलको शक्तिशाली भूकम्प
१६ पौष, काठमाण्डौँ । जापानमा ७ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । मध्य जापानको पश्चिम भागमा गएको भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । जापानमा भूकम्प गएको समुन्द्र तटीय क्षेत्रका वासिन्दालाई तत्काल स्थानबाट बाहिर जान भनिएको छ । इसिकावा, निगाता, तोयामा र यामागाता प्रिफेक्चरमा सुनामीको चेतावनी दिइएको छ । जापानी टेलिभिजन एनएचकेका अनुसार नोटो प्रायद्विपमा ५ मिटर अग्लो सुनामी जान सक्ने आकलन गरिएको छ ।
साउदी जाने नेपाली श्रमिकलाई बायोमेट्रिक अनिवार्य
१६ पौष, काठमाण्डौँ । साउदी अरबले वैदेशिक रोजगारीका लागि आउने नेपाली श्रमिकलाई बायोमेट्रिक अनिवार्य गराएको छ । आजदेखि लागू हुनेगरी नेपालस्थित साउदी दूतावासले बायोमेट्रिक अनिवार्य गराएको हो । यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै बायोमेट्रिक थियो । आजदेखि भने वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि समेत बायोमेट्रिक अनिवार्य गरेको हो । दूतावासको उक्त कदमप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध गरेको छ । साउदी दूतावासले आर्थिक भार पार्न खोजेको..
मोरङमा जंगली हात्ती गोली हानी मारेको अवस्थामा मृत फेला
१६ पौष, मोरङ । मोरङको सुन्दरहरैंचामा जंगली हात्ती गोली हानी मारेको अवस्थामा मृत फेला परेको छ । सुन्दरहरैंचा नगरपालिका १० स्थित जनजागरण सामुदायिक वनमा करिव १२ वर्षको जंगली हात्ती मृत फेला भेटिएको हो । घटना स्थलमा रहेका स्थानीय दिनेश गिरीका अनुसार मृत हात्तीको टाउकोको भागमा गोली हानेको देखिन्छ । मृत हात्ती भेटिएको स्थानमा रगत पनि बगेको छ । प्रहरी स्रोतका अनुसार सिकारीको समूहले गोली हानेर मारेको जस्तो देखिन्छ । हात्ती..
कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलसँग गठबन्धन गर्ने
१५ पुष, काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलसँग गठबन्धन गर्ने भएको छ । पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा साझा उम्मेदवार उठाउने निणर्य गरेको हो । ‘राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारूढ गठनबन्धनमा आवद्ध दलहरूको बीचमा हुने सहमतिका आधारमा साझा उम्मेद्वार बनाउने,’- निणर्यमा भनिएको छ । साथै, उम्मेदवार प्रस्तुत गर्दा विधानको धारा ३२(९) बमोजिम प्रदेश कार्यसमितिको सिफारिस भई..
सरकारले बालकुमारी घटना छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने
१५ पुष, काठमाडौँ । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन् । ‘भोलि विहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्छ’ छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने छ ।’ कोरियाली भाषा परीक्षाको फारम भर्न..
राष्ट्रियसभा सदस्य निर्वाचन र सिट बाँडफाँडबारे छलफल गर्न शीर्ष नेताहरूको बैठक
१५ पुष, काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन र सिट बाँडफाँडबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । केही बेरअघिबाट सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्यका लागि कुन दलबाट कति उम्मेदवार उठाउने भन्ने बारेमा छलफल हुने नेताहरूले बताएका छन् । साथै समसामयिक राजनीतिक घटनाक्रम बारेमा समेत छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी छन् । आगामी पुस..
कांग्रेसले गरायो संघीय निजामती, प्रहरी र शिक्षा ऐन चाँडो पारित गर्न ध्यानाकर्षण
१५ पुष, काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले संघीय निजामती ऐन, संघीय प्रहरी ऐन र शिक्षा ऐन चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउन माग गरेको छ । शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निणर्य आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यी विधेयक कार्यान्वयनमा नल्याइँदा संघीयता कमजोर बनेको बताए । “संघीयता निजामती ऐन, प्रहरी ऐन, शिक्षा ऐन पारित गरी कार्यान्वयनमा ल्याएर संघीयतालाई बलियो बनाउन माग गर्ने निणर्य केन्द्रीय समिति..
इलाममा फर्किदै फुटबलको रौनकः धमाधम अस्थायी प्याराफिट बन्दै
१५ पुष, इलाम । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ देखि १३ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ हुँदैछ । गोल्डकप..
बालकुमारी घटनालाई लिएर वीरेन्द्रनगरमा झनै चर्कियो आन्दोलन
१५ पुष, सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आइतबार वीरेन्द्रनगरमा पुनः आन्दोलन चर्किएको छ । ‘युवा विद्रोही’ समूहले आइबार सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडकमा चक्काजाम गरेका छन् । रत्न राजमार्ग अन्तर्गत एरिचोक-मंगलगढी चोकको अवस्था अहिले तनावग्रस्त छ । त्यहाँ कुनैपनि सवारी साधनहरू चलिरहेका छैनन् ।यही ठाउँमा शनिबार पनि आन्दोलन गरिएको थियो । शनिबार..
सन् २०२३ मा नेपाल भित्रिए १० लाखभन्दा बढी विदेशी पर्यटक
१५ पुष, काठमाडौँ । सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार आज बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन् । यो सँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्याइने उल्लेख गरेको..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७