समाचार
रामबहादुर बम्जनलाई प्राइभेट गाडीमा लैजाने भन्दै पूर्वराज्यमन्त्री सीआईबी कार्यालयमा
२५ पौष, काठमाण्डौँ । मंगलबार पक्राउ परेका तपस्बी रामबहादुर बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा लैजाने भन्दै पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी छन् । रामबहादुर आफूहरूको ‘भगवान’ रहेको भन्दै हतकडी नलाउनसमेत उनले प्रहरी अधिकारीसँग माग गरेकी छन् । तर, सीआईबीका अधिकारीले त्यसरी जिम्मा दिन नमिल्ने भन्दै अदालतमा म्याद थपलगायत आवश्यक कारबाहीका लागि प्रहरीले नै लैजाने जवाफ दिएका छन् । सीआईबी प्रवक्ता नवराज अधिकारीले बम्जनमाथिको मुद्दा र पक्राउबारे विस्तृत जानकारी..
सन्दीप लामिछानेको सजाय निर्धारणका बिषयमा बहस जारी
२५ पौष, काठमाण्डौँ । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण हुनुपूर्व अहिले बहस भइरहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस भइरहेको हो । बहस सकिएपछि न्यायाधिश ढकालले लामिछानेलाई हुने सजाय तोक्नेछन्। यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो । जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्युनतम सजाय माग गर्दै बहस गरिरहेका छन् ।
खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात
२५ पौष, खोटाङ । दस स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाख रुपैयाँ भन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष सबैभन्दा..
रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाही लाने तयारी
२५ पौष, काठमाण्डौँ । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक उच्च अधिकृतका अनुसार, जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी छ । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा..
सोलुखुम्बुको सगरमाथा क्षेत्रमा चिसोका कारण विकास निर्माण ठप्प
२४ पौष, सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । उनका अनुसार गत मङ्सिरदेखि नै चिसोले हिउँ जम्न थालेपछि विकास योजनाका काम रोकिएको हो । रोकिएका विकास निर्माण फागुनको तेस्रो साताबाट सुरु हुने उनको भनाइ छ । हाल पालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो..
ईपीएस भाषा परीक्षा तीन चरणमा हुने
२४ पौष, काठमाण्डौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई जानकारी गराएको हो । वैदेशिक रोजगार विभागसँगको बैठकमा भाषा परीक्षा तीन चरणमा हुने बताएको हो । पहिलो चरणको परीक्षा जनवरी २० अर्थात माघ ६..
कोशीको सभामुख राप्रपाको पोल्टामाः झापाका अम्बरबहादुर विष्ट निर्विरोध हुने सम्भावना
२४ पौष, विराटनगर । कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ । सभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति भएको बताइन् । सत्तारुढ दलहरूले सभामुख राप्रपालाई दिने सहमति भएका छन् । राप्रपाले सभामुख लिने निर्णय गरेपछि राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने छ । सभामुखमा..
कोशी प्रदेशसभाको सभामुख निर्वाचन दिउँसो ३ बजे गर्ने निर्णय
२४ पौष, विराटनगर । कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् । प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् । सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानै देखि चलिरहेको छ । सत्तारुढ गठबन्धनको सहमति अनुसार सभामुख राप्रपाले पाउनेछ । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई..
गठबन्धन दल बाहेकका सभामुखको उम्मेदवारलाई एमालेले सघाउने
२४ पौष, काठमाडौं । नेकपा एमालेले गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेको छ । एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको छ । कोशीमा राप्रपालाई सभामुख दिन सत्ता गठबन्धन तयार भएका छन् ।
तस्करीको आशंकामा ४७ केजी चाँदीसहित तीन जना पक्राउ
२३ पौष, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४७ केजी चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । तस्करीको चाँदी भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराका ५० वर्षीय कामेश्वर शाह, पर्साका ३२ वर्षीय सुमनकुमार सर्राफ र बाराका २० वर्षीय मनिष सर्राफ रहेका छन् । बरामद चाँदीको विलविजकहरु नभएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । विभिन्न ठाउँबाट उक्त चाँदी बरामद गरिएको हो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७