भन्सार कार्यालय पशुपतिनगरको राजश्व संकलनमा बृद्धी

भन्सार कार्यालय पशुपतिनगरको राजश्व संकलनमा बृद्धी

१३ माघ, इलाम । भन्सार कार्यालय पशुपतिनगरमा राजश्व असुली बढ्न थालेको छ । ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पशुपतिनगरमा आयोजित कार्यक्रममा कार्यालयले गत आर्थिक वर्षको तुलनामा राजश्व सङ्कलन बढेको जानकारी दिएको हो ।

हरियो तरकारी, छुर्पी, दूध, चिया, घिउ, चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न थालेको कार्यालय प्रमुख प्रविन सुब्बाले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ८९ लाख ९९ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा एक करोड दुई हजार (५२ दशमलव ६५ प्रतिशत) राजश्व सङ्कलन भएको थियो । यस्तै २०७८/०७९ मा २ करोड ५३ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ८७ लाख ३८ हजार (३४ दशमलव ४८ प्रतिशत) राजश्व सङ्कलन गरेको थियो ।  यस्तै २०७९/०८० मा दुई करोड ५० लाख ८५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा दुई करोड ७१ लाख ८२ हजार (१०८ प्रतिशत) राजश्व सङ्कलन गरेको थियो ।

आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक नतिजा अनुसार एक करोड ९१ लाख ७१ हजार राजश्व संंकलनको लक्ष्य लिएकोमा एक करोड ३४ लाख १३ हजार (६९ दशमलव ९६ प्रतिशत) राजश्व सङ्कलन गरेको कार्यालयका नायव सुब्बा विनोद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर