‘यदि राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलकुदमा राजनीति नगर्नुस्’

१ चैत, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न र गर्ने मन भए चुनाव लड्न आग्रह गरेका छन् । बुधबार राखेपले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुदको क्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्ने बताएका हुन् । उनले भने, ‘यदि राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलमा राजनीति नगर्नुस् । खेलकुदलाई खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्छ ।..

चाम्लिङ भाषा साहित्यबारे विमर्श

१ चैत, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मासिक रूपमा गर्दै आएको मातृभाषा साहित्य शृंखलाको अर्काे अंक सम्पन्न भएको छ । सोअवसरमा चाम्लिङ भाषा साहित्यबारे विमर्श गरिएको थियो । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले प्रत्येक भाषाको महत्व समान रहेको बताए । उनले तिलक चाम्लिङद्वारा लिखित कार्यपत्र ‘चाम्लिङ भाषाको साहित्य’ पठनीय भएको बताए । कार्यक्रममा प्रतिष्ठानको मातृभाषा विभागका प्रमुख राजन मुकारुङले मातृभाषाका सम्बन्धमा आफैं जागृत हुनुपर्ने बताए..

प्रतिनिधिसभा बैठक बस्दै

१ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ । बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । त्यस्तै ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० र निर्माणमूखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्..

होस्टेलका विद्यार्थीमाथि सञ्चालकबाट हातपात, भिडियो बाहिर आएपछि सम्पर्कबिहिन

३० फागुन, विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मी कट्वालले विद्यार्थीहरुलाई हातपात गर्दै दुर्व्यवहार गरेकी छन् । होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि उनले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात समेत गरेकी थिइन् । सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा होस्टेल सन्चालक मधुले एउटा कोठाभित्र बसेका छात्राहरुसँग तीन-तीन हजार रुपैयाँ पेमेन्ट गरिदिन भनेको देखिन्छ । लगत्तै उनी जंगिंदै होस्टेलबाट ‘निस्किहाल्’ भन्दै जाइलागेको देखिन्छ..

आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

३० फागुन । इंग्लिस क्लब आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ मा पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै आर्सनल अन्तिम ८ मा पुगेको हो। मंगलबार आर्सनलले पोर्टोलाई १-० को‌ जित निकालेको थियो। घरेलु मैदान इमिरेट्समा भएको खेलको ४१ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरेको गोलमा आर्सनलले जित निकालेको थियो । पहिलो लेगमा पोर्टोले आर्सनललाई १-० ले हराएको थियो। समग्रमा १-१ को बराबरी पछि..

बुधबार २.४८ अंकले घट्यो नेप्से

३० फागुन । बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेको छ। आज नेप्से ०.११ प्रतिशतले घटेर २१०८.७२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बुधबारको बजारमा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रूपैयाँको सेयर कारोबार भएको छ। ३१० वटा धितोपत्रको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच भएको हो। बुधबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, १६..

त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा नेपाल पिएनजीसँग ८६ रनले पराजित

३० फागुन । हङकङ टी ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले हार ब्यहोरेको छ । बुधबार नेपालले उपाधि भिडन्तमा पीएनजीसँग ८६ रनको हार ब्यहोरेको हो । पीएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५३ बलमा ८५ रनमा अलआउट भयो । नेपालका कुनैपनि ब्याट्सम्यान फाइनल खेलमा चल्न सकेनन् । ओपनर बिनोद भण्डारी दोस्रो बलमा ४ रनमा बोल्ड हुदाँ कुशल मल्ल ५ रनमा पोविलियन फर्किएका थिए । रोहित..

लामिछानेप्रति इंगित गर्दै प्रधानमन्त्रीले भने ‘आफूतिर आए प्रण दिने, नआए भ्रष्टाचारी ’

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै अभिव्यक्ति दिएका छन् । बुधबार प्रतिनिभिसभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत माग्दै उनले नेपाली कांग्रेस, जनमोर्चालगायत दललाई जवाफ दिए । उनले ‘आफूतिर आए प्रधानमन्त्री दिने, नआए भ्रष्टाचारी ?’ भनी प्रश्न गरे । “तीनैलाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ,” उनले भने, “आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ,..

अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम प्रतिस्पर्धा ट्रम्प र बाइडेनबीच हुने

३० फागुन । यस वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिक पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्र्याट्स पार्टीका तथा वर्तमान राष्ट्रपति जो बाइडेनबीच हुने भएको छ । राष्ट्रपतिको उमेदवार बन्न बाइडेन र ट्रम्पले जति डेलीगेटको आवश्यकता थियो त्यो प्राप्त गरेका छन् । यसैकारण अब दुवै नेता आ–आफ्नो पार्टीबाट राष्ट्रपतिको उमेदवार बन्नेछन् । मंगलबार चार राज्य, एक अमेरिकन टेरेटरी र विदेशमा रहेका डेमोक्र्याट्सको लागि प्राइमरी निर्वाचन गरिएको थियो । निर्वाचनको नतिजाले आगामी राष्ट्रपति..

नेपाललाई उपाधि जित्न पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य

३० फागुन । हङकङमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए । नेपालका..