आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

३० फागुन । इंग्लिस क्लब आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ मा पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै आर्सनल अन्तिम ८ मा पुगेको हो।

मंगलबार आर्सनलले पोर्टोलाई १-० को‌ जित निकालेको थियो। घरेलु मैदान इमिरेट्समा भएको खेलको ४१ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरेको गोलमा आर्सनलले जित निकालेको थियो ।

पहिलो लेगमा पोर्टोले आर्सनललाई १-० ले हराएको थियो। समग्रमा १-१ को बराबरी पछि खेलमा‌ थप समयमा गएको थियो। तर त्यसमा निर्णय नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। जसमा आर्सनलले बाजी मारेको थियो।

पेनाल्टीमा आर्सनलका गोलकिपर डेभिड राया नायक बने । उनले २ वटा पेनाल्टी रोक्दै टोलीको अन्तिम ८ को यात्रा निश्चित गरेका थिए। सन् २००९/१० को सिजनयता पहिलो पटक आर्सनल क्वाटरफाइनलमा पुगेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर