दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन

३ चैत, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ । परिषद्लाई दशरथ रंगशालाको मर्मत नहुँदासम्म र रंगशाला सञ्चालनसम्बन्धी मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपालमा हुने तय भएको नेपाल र बहराइनबीचको खेल गुणस्तरीय मैदानको अभावमा हुन नसकेको विषयमा दुःख व्यक्त गरेको छ । फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीच..

१९ वर्षीया किशोरीको हत्यापछि शव गाडेको आशंकामा एक जना पक्राउ

३ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, तारेभीरमा १९ वर्षीया किशोरीको हत्यापछि शव गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय रुपेन्द्र लामा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनको शव २५ फागुनमा शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो । जंगलनजिकै घर भएकी लुच्ची तामाङकी छोरी १८ वर्षीया सुस्मा लामा २२ माघदेखि हराएकी..

उपप्रधानमन्त्री श्रेष्ठ र पाकिस्तानी राजदूत हाश्मीबिच भेटवार्ता

१ चैत, काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पाकिस्तानका राजदूत अब्रर हाश्मीले बधाई तथा शुभकामना दिएका छन् । नवनियुक्त उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठलाई आज सिंहदरवार भेटवार्ता गर्दै राजदूत हाश्मीले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरु बिच दुई देशको आपसी हितका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

उपनिर्वाचन गर्न ८ करोड लाग्ने

१ चैत, काठमाडौं । आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका सङ्कलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ । आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो । अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौती देखिएको सचिव पुष्करले जानकारी गराएका थिए । ‘निर्वाचन गर्न सबै..

पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग

१ चैत । पाथीभरा (मुकुमलुङ)मा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहजरुपमा अघि बढाउने वातावरण निर्माणका लागि निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका छन् । पाथीभरा मुकुम्लुङ केबलकार निर्माणका सम्बन्धमा साझा धारणा बनाउन र निर्माणलाई सहजरुपमा अघि बढाउन सम्बद्ध क्षेत्र तथा निकायसमक्ष उनीहरुले माग गरेका हुन् । आज ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, निर्माण व्यवसायी सङ्घले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै पाथीभरामा केबलकार निर्माणका लागि सम्बद्ध सरोकारवाला निकाय एवं स्थानीय..

हजुरआमाको हत्या आरोपमा नातिसहित चार जना पक्राउ

१ चैत, झापा । हजुरआमाको हत्या आरोपमा प्रहरीले नातिसहित चार जनालाई पक्राउ गरेको छ । गौरादह नगरपालिका–७ निवासी नरमाया विकको हत्या गरेको आरोपमा नाति १७ बर्षीय धिरज विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । ८२ बर्षीया विकलाई हत्या गरी नजिकै गाडेको र हजुरआमा हराएको भन्दै प्रहरीमा निवेदन परेपश्चात उनको खोजतलास गरिएको थियो । सो क्रममा नरमायालाई गत शिवरात्रीका दिन हत्या गरेर घरनजिकै खाल्डो खनी पुरेको अवस्थामा शव फेला परेको..

स्मार्ट सहकारी युगको सुरुवात भएको पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाको भनाई

१ चैत, काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकाले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतीय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ताको रुपमा की नोट दिँदै उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि कम हुँदै गएकाले सहकारीहरु पनि अब तयारीमा लाग्नुपर्ने उनले जोड दिए । जसले नोट बोक्छ, उसले सँगै जोखिम पनि बोक्ने..

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

१ चैत, काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन् । यो विधेयक प्रतिनिधि सभामा गत फागुन २१ गते दर्ता भएको थियो । विधेयक प्रस्तुत गर्दै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी..

सुहाङलाई एमाले कानून विभागको जिम्मेवारी दिइएपछि असन्तुष्टि

१ चैत, इलाम । केन्द्रमा सत्ता समीकरण फेरिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी सम्मिलित गठबन्धन बनेको छ । यही पृष्ठभूमिमा आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उप–निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने भन्ने कुराले चर्चा पाएको छ । अहिले नयाँ गठबन्धनका दलले उप–निर्वाचनमा साझा उम्मेदवार बनाउने वा बेग्ला–बेग्लै उम्मेदवार दिने भन्ने निर्णय गरिसकेका छैनन् ।..

नवोदय सहकारी संस्था शिबगन्ज सेवा केन्द्रद्वरा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

१ चैत, शिबगञ्ज । झापाको कमल–३ केर्खामा मूख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको शिबगञ्जस्थित सेवा केन्द्रद्धारा वुधबार एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । विर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगले नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले शिबगन्जमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो । नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको शिबगञ्ज सेवा केन्द्रका संयोजक सन्तोष कुमार ईजमका अनुसार संस्थाको वार्षिक कार्यक्रम सञ्चालन गर्ने विभिन्न सामाजिक गतिविधी अन्तर्गत शिवगञ्ज सेवाकेन्द्रका सदस्यलाई लक्षित गरेर..