समाचार
गठबन्धन परिवर्तन भएको जस अरू देशलाई दिन जरुरी छैन्- केपी शर्मा ओली
३० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन परिवर्तन भएको जस अरू देशलाई दिन जरुरी नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले चीनप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । “नेपाली कांग्रेसले राम्रो काम गरेको सबैले आफूले गरेको भन्छ, अरूलाई एक छेउ जस दिँदैन । देशभित्रको काम हामीले गरेको भन्दा जस दिँदा हुन्छ नि, हामी दुइ भाइलाई दिँदा हुन्छ नि ! को कहाँबाट कुन देश आयो भन्छ,” उनले..
चार बर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोना
३० फागुन । नापोलीविरुद्ध दोस्रो लेगमा ३–१ को सहज जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना चार वर्षपछि यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालियन क्लब नापोलीलाई ३–१ ले पराजित गरेको बार्सिलोनाले समग्रमा ४–२ को जित निकाल्दै अन्तिम–८ मा स्थान बनाएको हो । बार्सिलोना चार वर्षपछि क्वार्टरफाइलनमा प्रवेश गरेको हो । यसअघि बार्सिलोनाले पछिल्लो पटक सन् २०२० को सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रतिस्पर्धा गरेको थियो..
गृहमन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच पाँच बुँदे सहमति
३० फागुन । गृहमन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच पाँच बुँदे सहमति भएको छ । घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ का स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच मंगलबार सहमति भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । सहमतिपत्रमा साहको कर्तव्यज्यानसम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरू कानुनबमोजिम..
ठूलो संख्यामा खरिदार माग गर्दै लोक सेवा आयोगले गर्यो दरखास्त आह्वान
३० फागुन । लोक सेवा आयोगले ठूलो संख्यामा खरिदार माग गर्दै दरखास्त आह्वान गरेको छ। आयोगले बुधबार सूचना जारी गर्दै ५ सय ३७ जना खरिदार (राजपत्र अनंकित द्वितीयश्रेणी अप्राविधिक) का लागि आवेदन माग गरेको हो। आयोगले धनकुटामा ३८, इलाममा ३१, खोटाङमा २६, जलेश्वरमा ७१, काठमाडौंमा ११८, हेटौंडामा १६, पोखरामा ४५, बागलुङमा २०, बुटवलमा ३५, दाङमा २७, सुर्खेतमा ३१, जुम्लामा १८, दिपायलमा ३४ र महेन्द्रनगरमा २७ जना नयाँ कर्मचारी भर्नाका लागि..
परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीद्वारा बधाई
३० फागुन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले बधाई ज्ञापन गरेका छन्। भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यीले छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्रमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। परराष्ट्रमन्त्री श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि उनीहरूप्रति आभार प्रकट गरेको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीयसचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यही फागुन २३ गते उपप्रधानमन्त्री एवं..
त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा नेपाल पीएनजी विरुद्ध फिल्डिङ गर्दै
३० फागुन । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । बुधबार हङकङको मिसन रोड मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले बलिङको निर्णय गर्दै पीएनजीलाई ब्याटिङमा निम्त्याएका हुन् । हङकङमा जारी शृङ्खलामा घरेलु टिमसंगै नेपाल र पीएनजी सहभागी छन् । नेपालले यसअघि लिग चरणमा भएको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो ।
कांग्रेसले गृहमन्त्री लामिछानेको योग्यतामाथि प्रश्न उठायो
३० फागुन, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठाएको छ । प्रतिनिधि सभाको बैठकमा सचेतक सुशीला थिङले गृहमन्त्री लामिछानेको योग्यतामा प्रश्न उठाएकी हुन् ।
चीनको हुबेई प्रान्तमा विष्फोट, एक जनाको मृत्यु, २२ घाइते
३० फागुन । चीनको हुबेई प्रान्तमा भएको विष्फोटमा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बुधबार बिहान स्थानीय समय अनुसार ७ बजेर ५४ मिनेट जाँदा हुबेई प्रान्तको सान्हे शहरस्थित यान्जियाओमा रहेको एक भोजनालयमा विष्फोट भएको थियो । चिनियाँ अधिकारीहरुले प|mाइड चिकेन सपमा ग्यास लिक भएर विष्फोट भएको र सो विष्फोटमा परी एक जनाको मृत्यु भएको जानकारी दिएको ग्लोबल टाइम्सले जनाएको छ । ग्लोबल टाइम्सले सेयर..
कार्यव्यवस्था समितिको बैठक जारी
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि बस्न लागेको प्रतिनिधि सभाको बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक जारी छ । कार्यव्यवस्था समितिको बैठकमा प्रतिनिधि सभाको आगामी १५ दिनको क्यालेन्डर तय गर्ने विषयमा पनि नेताहरुबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री..
इटहरी उपमहानगरपालिकाका विद्यालयमा एउटै पोशाक लागू गर्ने निर्णय विवादमा
३० फागुन, इटहरी । इटहरी उपमहानगरपालिकाका सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने निर्णय विवादमा परेको छ । नयाँ शैक्षिक सत्रबाट नगर प्रमुख हेमकर्ण पौडेलले सामुदायिक र निजी विद्यालयमा एउटै पोशाक लागु गर्ने निर्णय गरेका थिए । इटहरी उपमहानगरपालिकाले जारी गरेको शिक्षा ऐन विपरीत एउटै ड्रेस लागु गर्ने निर्णय भएको भन्दै विवाद सुरु भएको हो । यो निर्णयको निजी विद्यालय सञ्चालकहरुले विरोध गरिरहेका छन् । निजी विद्यालय सञ्चालकहरु ऐन विपरीत एउटै..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७