सुनको सिक्री नदिएको भन्दै बिहे रद्द गर्न खोज्ने बेहुलासहित आठ जना पक्राउ

२९ फागुन, जनकपुरधाम । वरमाला विधि गरिसकेपछि सुनको सिक्री नदिएको भन्दै लफडागरी जन्ती फर्काउन खोजेका बेहुलासहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगर ४ का उमेश शाह छन् । विवाह मण्डपमा सुनको सिक्री नदिएको झोकमा होहल्ला गरेको र विवाह रद्द गर्न खोज्दा बेहुला साहसहित ८ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले सोमबार राति पक्राउ गरेको हो । बेहुला शाह विरगञ्ज महानगरपालिकामा कम्प्यूटर अपरेटर पदमा कार्यरत छन्..

अर्जुनधारा नगर क्षेत्रका दृष्टिबिहीनहरुलाई सेतो छडी वितरण

२९ फागुन, झापा । अर्जुनधारा जेसीज र युथ अफ खुदुनावारीको संयुत्त आयोजनामा अर्जुनधारा नगर क्षेत्रमा रहेका दृष्टिबिहीनहरुलाई सोमबार सेतो छडी (वाईट कने) वितरण गरिएको छ । सहारा नेपाल साकोसको प्राविधिक सहयोगमा जेसीजले नगरभित्रका विभिन्न स्थानका २२ जना दृष्टिबिहीनहरुलाई सेतो छडी वितरण गरेको अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिनुभयो । दृष्टिबिहीनहरुलाई अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देन तामाङ, ३ नम्बर वडा अध्यक्ष सिताराम भट्टराई, ६ नम्बर वडा अध्यक्ष हरिशचन्द्र बाँस्तोला, ८..

धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधामको विकासको बारेमा सरोकारवालाहरुबीच अन्तरक्रिया

२९ फागुन, झिलझिले । झापाको शिबसताक्षीमा अवस्थित पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा सोमबार सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । सताक्षीधाम धार्मीक तथा पर्यट्रन बिकास संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले बिगत, बर्तमान र आगामी योजना र विकासका चरणहरु सम्बन्धी आ–आफ्ना धारणाहरु राखेका थिए । सताक्षीधाम धार्मीक तथा पर्यट्रन विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमको अध्यक्षता र पूर्वसांसद तारासम योङ्याको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा सताक्षीधाम..

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

२९ फागुन, काठमाडौं ।  राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । आज भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्। दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन थियो । उनी राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरे । भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत..

तरंग एल्बमबाट चर्चा कमाएकी कमला न्यौपानेको ‘सुनौलो बिहानी’ सार्वजनिक

२९ फागुन । तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आफ्नो सन्तानको ईच्छा रहर पुरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छन भन्ने यथार्थ बास्तबिकता देखाउने कोशिस गरिएको छ । गीतमा यथार्थ र बास्तबिकतालाई मिठो शब्द बानाएर सृजना गरेकी छन गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेले । गीतमा संगीत येदीन गजमेर, एरेन्ज संजीव..

विवाह दर्तामा अझै अल्झन, माथिल्लो निकायबाट तल्लो निकायमा किन दिइन्छ दबाब?

२९ फागुन, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने अधिकारीहरूलाई डर देखाउने गरेको पाइएको छ। कानुनी रूपमा विवाह दर्ता गर्ने स्थानीय अधिकारीलाई माथिल्लो निकायमा रहेकाहरूले टेलिफोन गरेर डर देखाउने र धम्की दिने गरेको पाइएको हो। सर्वाेच्च अदालतको आदेश अनुसार दक्षिण एसियामै पहिलो विवाह दर्ता गर्न परिपत्र जारी गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकारीकै सरुवा भएको आशङ्का गरिएको छ। लमजुङको दोर्दी गाउँपालिका कार्यालयलाई विवाह दर्ता गर्न..

माधव मिसिएपछि नयाँ गठबन्धनमा ७ बुँदे सहमति

२९ फागुन, काठमाडौं । सत्तारुढ पाँच दलबीच सात बुँदे सहमति भएको छ । आज (मंगलबार) बसेको सत्तारुढ गठबन्धन दलको बैठकमा उक्त सहमति भएको हो । अहिले (एमाले), नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी छ । जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको..

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाद्वारा ह्वीप जारी

२९ फागुन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । आज (मंगलबार) बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको हो । सबै सांसदलाई अनिवार्य रुपमा उपस्थित हुन र प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाले भनेको छ । प्रधानमन्त्रीले भोलि (बुधबार) प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । प्रतिनिधि सभामा रास्वपाको..

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि

२९ फागुन । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र..

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

२९ फागुन, काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीच भएको छलफलमा त्यस्तो सहमति जुटेको हो । आफूहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिन र राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उमेदवारका पक्षमा मतदान गर्न सहमत भएको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । बालुवाटार बैठकपछि गठबन्धनका नेताहरूले नयाँ बानेश्वरस्थित संसद्को ल्होत्से हलमा सांसदसहित छलफल..