समाचार
बुवाको हत्या गरेको आरोपमा छोरा र बुहारी पक्राउ
३० फागुन, त्रिशूली (नुवाकोट) । नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार पक्राउ पर्नेमा एक युवक र उनकी श्रीमती जमुना नेपाली रहेका छन् । ‘बाबु छोराबीच..
हिजबुल्लाह लडाकुद्वारा उत्तरी इजरायलतर्फ १०० वटा रकेट प्रहार
२९ फागुन । हिजबुल्लाह लडाकुहरूले बिहान उत्तरी इजरायलतर्फ लेवनानमा करिब १०० वटा रकेट प्रहार गरेका छन् । सो रकेट आक्रमणपछि इजरायली पक्षले त्यसको जवाफमा हवाइ प्रत्याक्रमण गरेको इजरायली स्रोतले जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार रकेटहरू माथिल्लो ग्यालिली क्षेत्र र इजरायलले कब्जा गरेको गोलान हाइट्समा प्रहार गरिएको थियो तर हवाइ प्रतिरक्षा प्रणालीले ती रकेटलाई रोकेको छ । इजरायल डिफेन्स फोर्सले आफ्ना लडाकु विमानहरूले बिहान रकेट प्रहार गर्न प्रयोग..
प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरूलाई ओलीको निर्देशन
२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आलोचना नगर्न निर्देशन दिएका छन् । संसदीय दलको बैठकमा उनले कुनै कुरा प्याट्ट बोल्न नराम्रो हुने भएकाले त्यस्ता कुरा देखे आन्तरिक छलफलमा ल्याउन सकिने बताए । उनले भने, ‘म साथीहरुलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुपर्यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । नबुझिकन कहिले कहिले देख्दा एउटा..
पहिलेको गठबन्धन ‘खरानीको डल्लो’ भएकाले फुटाइएको होः ओली
२९ फागुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्तासमीकरण सरकारमा जाने हतारोले नबनेको बताएका छन् । उनले पहिलेको गठबन्धन ‘खरानीको डल्लो’ भएकाले फुटाइएको बताए । “गठबन्धनमा हुनेहरूको उन्माद थियो । यो खरानीको डल्लो अमर छ, तोडफोड नै हुन नसक्ने कुरा थियो । खरानीको डल्लो फुट्नुपथ्र्याे,” उनले भने । मंगलबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले सरकार परिवर्तन आफूहरूले नै गराएको बताए । चीनले गराएको भनेर..
सुनको सिक्री नदिएको भन्दै बिहे रद्द गर्न खोज्ने बेहुलासहित आठ जना पक्राउ
२९ फागुन, जनकपुरधाम । वरमाला विधि गरिसकेपछि सुनको सिक्री नदिएको भन्दै लफडागरी जन्ती फर्काउन खोजेका बेहुलासहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगर ४ का उमेश शाह छन् । विवाह मण्डपमा सुनको सिक्री नदिएको झोकमा होहल्ला गरेको र विवाह रद्द गर्न खोज्दा बेहुला साहसहित ८ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले सोमबार राति पक्राउ गरेको हो । बेहुला शाह विरगञ्ज महानगरपालिकामा कम्प्यूटर अपरेटर पदमा कार्यरत छन्..
अर्जुनधारा नगर क्षेत्रका दृष्टिबिहीनहरुलाई सेतो छडी वितरण
२९ फागुन, झापा । अर्जुनधारा जेसीज र युथ अफ खुदुनावारीको संयुत्त आयोजनामा अर्जुनधारा नगर क्षेत्रमा रहेका दृष्टिबिहीनहरुलाई सोमबार सेतो छडी (वाईट कने) वितरण गरिएको छ । सहारा नेपाल साकोसको प्राविधिक सहयोगमा जेसीजले नगरभित्रका विभिन्न स्थानका २२ जना दृष्टिबिहीनहरुलाई सेतो छडी वितरण गरेको अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिनुभयो । दृष्टिबिहीनहरुलाई अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देन तामाङ, ३ नम्बर वडा अध्यक्ष सिताराम भट्टराई, ६ नम्बर वडा अध्यक्ष हरिशचन्द्र बाँस्तोला, ८..
धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधामको विकासको बारेमा सरोकारवालाहरुबीच अन्तरक्रिया
२९ फागुन, झिलझिले । झापाको शिबसताक्षीमा अवस्थित पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा सोमबार सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । सताक्षीधाम धार्मीक तथा पर्यट्रन बिकास संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले बिगत, बर्तमान र आगामी योजना र विकासका चरणहरु सम्बन्धी आ–आफ्ना धारणाहरु राखेका थिए । सताक्षीधाम धार्मीक तथा पर्यट्रन विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमको अध्यक्षता र पूर्वसांसद तारासम योङ्याको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा सताक्षीधाम..
राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
२९ फागुन, काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । आज भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्। दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन थियो । उनी राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरे । भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत..
तरंग एल्बमबाट चर्चा कमाएकी कमला न्यौपानेको ‘सुनौलो बिहानी’ सार्वजनिक
२९ फागुन । तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आफ्नो सन्तानको ईच्छा रहर पुरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छन भन्ने यथार्थ बास्तबिकता देखाउने कोशिस गरिएको छ । गीतमा यथार्थ र बास्तबिकतालाई मिठो शब्द बानाएर सृजना गरेकी छन गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेले । गीतमा संगीत येदीन गजमेर, एरेन्ज संजीव..
विवाह दर्तामा अझै अल्झन, माथिल्लो निकायबाट तल्लो निकायमा किन दिइन्छ दबाब?
२९ फागुन, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने अधिकारीहरूलाई डर देखाउने गरेको पाइएको छ। कानुनी रूपमा विवाह दर्ता गर्ने स्थानीय अधिकारीलाई माथिल्लो निकायमा रहेकाहरूले टेलिफोन गरेर डर देखाउने र धम्की दिने गरेको पाइएको हो। सर्वाेच्च अदालतको आदेश अनुसार दक्षिण एसियामै पहिलो विवाह दर्ता गर्न परिपत्र जारी गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकारीकै सरुवा भएको आशङ्का गरिएको छ। लमजुङको दोर्दी गाउँपालिका कार्यालयलाई विवाह दर्ता गर्न..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७