लामिछानेप्रति इंगित गर्दै प्रधानमन्त्रीले भने ‘आफूतिर आए प्रण दिने, नआए भ्रष्टाचारी ’

लामिछानेप्रति इंगित गर्दै प्रधानमन्त्रीले भने ‘आफूतिर आए प्रण दिने, नआए भ्रष्टाचारी ’


३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै अभिव्यक्ति दिएका छन् ।

बुधबार प्रतिनिभिसभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत माग्दै उनले नेपाली कांग्रेस, जनमोर्चालगायत दललाई जवाफ दिए । उनले ‘आफूतिर आए प्रधानमन्त्री दिने, नआए भ्रष्टाचारी ?’ भनी प्रश्न गरे ।

“तीनैलाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ,” उनले भने, “आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड ।”

बैठकमा बोल्ने क्रममा सांसदहरूले ‘उथलपुथल भनेको सहकारी ठगीको आरोप लागेकालाई गृहमन्त्री बनाउने हो ?’ भनी प्रश्न गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर