पूर्वराजा ज्ञानेन्द्रलाई माधवको चुनौती- आँट भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टीभित्र पनि आँट, हिम्मत र दृष्टिकोण नभएकाहरू पनि हुने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै समयअनुसार चल्न नसक्ने मान्छे निराशाको सिकार हुने बताए। उनले भने, ‘तत्कालीन एमालेभित्र देखिएको विचार प्रवृत्तिहरू विरुद्ध हामी दृढताका साथ जुट्यौँ। त्यसैले जहिले पनि चुनौती आइरहेका हुन्छ, र अवसर पनि आइरहेका हुन्छन्।’ उनले अहिले केही पनि भएको छैन भनेर गलत भाष्यको प्रचार..

मुख्यमन्त्री कार्कीद्धारा प्रादेशिक आयुर्वेद अस्पतालको अनुगमन

१४ जेठ, झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री भुपेन्द्र राई सहितको टोलीले झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । कमल गाउँपालिका–७ गेउरियामा रहेको सो आयुर्वेदिक अस्पतालको मुख्यमन्त्री, स्वास्थ्य मन्त्रीसहितको सरकारी अधिकारीहरुको टोलीले स्थलगत निरीक्षण गरेको हो । मन्त्रीसहित कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेल, स्वास्थ्य सचिव राधिका थपलिया, संविधान सभा सदस्य दीपक कार्की लगायतका सहभागि हुनुहुन्थ्यो । निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले सेवाका विषयमा अस्पतालका..

झापाको महारानीझोडाको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना

२३ वैशाख, झापा । झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरूले सम्हाल्दै आएका छन् । कृषकहरूलाई आर्थिक रूपमा सबल र खेतीमा यान्त्रिकीकरण गर्ने सोचका साथ सहकारीले २०७० मा गौरादह–५ का ८१ परिवारको ८० बिघा जग्गा समेटेर..

रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाएनन्

५ वैशाख, झापा । झापाको कमल गाउँपालिका केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन् । उक्त आयोजनामा स्थायी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत छन् । आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सङ्घीय सरकारले नियुक्त गर्ने पैदावार विकास समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त हुँदा कार्यक्रम स्वीकृत हुन सकेका छैनन् । “समितिअन्तर्गतको आयोजना भएकाले..

आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति कांग्रेसमा बढ्यो : परराष्ट्रमन्त्री

इलाम- परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताएकी छिन्। इलामको श्रीअन्तुमा आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताइन्। उनले भनिन्, “आफूले..

रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री

३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा तोडफोड, आगजनी, हत्या, हिंसाजस्ता कुराहरू स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा देखिएको दृश्यको व्याख्या गर्दै यस्तो बताएका हुन् । ‘जनतालाई भड्काएर आफ्नो दुनु सोझो पार्न खोज्नेहरू, यही मौका पारेर जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्र फेरि फर्काउँछौं भन्नेहरू, उल्किन कति सकेको ?,’ प्रधानमन्त्री..

दमक क्याम्पसमा स्ववियु समानुपातिक उम्मेदवारको नाममा लफडा, विद्यार्थीले प्रमुखको कुर्सी झुण्ड्याए

२८ चैत, झापा । दमक क्याम्पसको स्ववियु निर्वाचन समितिले समानुपातिक तर्फको नाम अबैधानिक ढंगले टुङ्याएको भन्दै अनेरास्ववियुका बिद्यार्थीले दमक क्याम्पस प्रमुखको कुर्सी गेटमा झुण्ड्याएका छन । उनिहरुले समानुपातिक तर्फको उक्त नाम तुरुन्त सच्याउन माग गरेका छन । यसअघी पनि सो नाम सच्यान माग गर्दै उनिहरुले निर्वाचन समितीको कार्यलय र क्याम्पस प्रमुखको कार्यलयमा ताला लगाएका थिए । क्याम्पस इकाई समितीले सिफारिस गरेको नाम भन्दा फरक नाम निर्वाचन समितीले प्रकाशन गरेपछी निर्वाचन..

निजि विद्यालय वर्गीकरण तथा शुल्क खारेज गर्न विद्यार्थी संगठनको माग

२६ चैत, दमक । दमक नगरपालिकाले संस्थागत विद्यालयहरुलाई गरेको वर्गीकरणप्रति चौतर्फी आलोचना हुन थालेको छ । नगरपालिकाले सार्वजनिक गरेको विद्यालय वर्गीकरणसहित शुल्क बृद्धि कार्यले शिक्षा क्षेत्रलाई व्यापारिक सिन्डिकेटको फन्दामा फसाउने मात्र नभएर बालबालिका र अभिभावकहरुमाथि गंभीर मानसिक हिंसा पुरयाँउने काम मात्र भएको भन्दै त्यसलाई तुरुन्तै फिर्ता लिन नगरपालिकाको ध्यानाकर्षण गरेका छन् । दमक नगर शिक्षा समितिको सिफारिसमा दमक नगरपालिकाले भारी शुल्क वृद्धि गर्दै गर्ने वर्गीकरण बिरुद्द नेबिसंघ, अनेरास्ववियु र अखिल..

फाकफोकथुम ४ मा एमालेको ३ महिने जरा केन्द्रीत् अभियान सम्पन्न

इलाम : नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसहित थालेको ‘मिसन–८४’ अन्तर्गतको तीन महिने वडा केन्द्रित ‘जरा अभियान’लाई तीब्रता दिएको छ। यसैक्रममा फाकफोकथुम गाउँपालिका वडा नं ४ कमिटीेले पनि अभियान अन्तर्गत ३ महिने जरा केन्द्रीत् वडा स्तरीय अनुशिक्षण कार्यक्रम आज सम्पन्न गरेकाे छ । फाकफोकथुम गाउँपालिका - ४ फुएतप्पाकाे आदिवासी जनजाति भवनमा वडा कमिटीको पहिलाे विस्तारित बैठक र अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बैठकले वडा कमिटीले सचिवालयले गरेकाे निर्णयहरुकाे अनुमाेदन..

महेन्द्र मोरङ क्याम्पसमा नेवि संघले गर्यो आगजनी र तालाबन्दी

विराटनगर, २८ फागुन । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले तोडफोड गरी निर्वाचन कार्यालयमा आगो लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेर आगजनी गरेका थिए । निर्वाचन अधिकृतलाई कोठामा थुनेर आगो झोसेर बाहिरिएको विद्यार्थी समूहले उक्त कार्यालय कक्षमा तालाबन्दी गरिदिएका थिए । पछि प्रहरीले ताला फोडेर निर्वाचन अधिकृत अधिकारीलाई बाहिर निकालेको थियो । नेपाल विद्यार्थी सङ्घको तर्फबाट दुई फरक प्यानलले उम्मेदवारी दर्ता गराएको र..