मुख्य समाचार
पूर्वराजालाई प्रचण्डको चेतावनी- फेरि मुर्खता देखाए पाएको पनि सखाप हुन्छ
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाले विगतमा ठूलो मुर्खता गरेको र अहिले फेरि त्यस्तो गरे सह्य नहुने चेतावनी दिएका छन् । जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानको क्रममा रौतहट पुगेका माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजालाई जबरजस्ती नगर्न चेतावनी दिए । स्थानीय जनतासँग प्रचण्डले भने, ‘पूर्वराजाले विगतमा ठूला मुर्खता गरेका छन् । फेरी पनि मुर्खता गरेर पाएको पनि सबै सखाप नपारुन भन्ने चाहन्छु ।’ उनले नेपाली जनताले उदारताका साथ..
पूर्वराजालाई ओलीको सुझाव- अलिकति टाउको निकालेर हुँदैन, चुनाव लड्न आउनुस् न
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् । कुर्सीमा बस्दैमा राजा नभइने भन्दै उनले कटाक्ष गरे । महोत्तरीमा आज आयोजित एक कार्यक्रममा ओलीले देशका जुनसुकै स्थानबाट चुनाव लड्न सुझाव दिए । उनले भने, ‘…हुँदा हुँदा हिजो कि अस्तिका दिन उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई फेरि कताबाट कहाँबाट उधिनेर ल्याएर खोइ कहाँ कुर्सीमा राख्छन् अरे । मान्छे कुुर्सीमा बस्दा राजा हुने भए..
मोदीसंग भेट नहुने भएपछि देउवाको भारत भ्रमण रद्द
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम समयमा उनको भ्रमण स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुष्टि गरे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा सहभागी हुन जान लागेका थिए । दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्ने समय नपाएपछि उनको भ्रमण..
संविधानमा महिला, दलित र आदिवासीलाई अधिकार दिएको ओलीलाई मन परेको छैनः प्रचण्ड
३ फागुन, झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा पुग्ने वित्तिकै संविधानलाई च्यात्न प्रयास गरेको बताउनुभएको छ । नेकपा माओवादी दमक नगर कमिटीको अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले प्रधानमन्त्री ओली संविधानलाई च्यात्न उद्धत रहेको अरोप लगाउनुभएको हो । नेपालमा गणतन्त्र र संघियता ओलीले कहिल्यौ पनि नचाहेको प्रचण्डको भनाई थियो । तर नचाहँदा–नचाहदँै बाध्य भएर यो व्यवस्था मान्न परेको भनेर केही अगाडीले ओली..
झापाका विद्यार्थीहरुले बनाए विजुलीबाट चल्ने मोटरसाइकल
२८ माघ, झापा । झापा शिवसताक्षीका एक सामुदायिक विद्यायलका विद्यार्थीहरुले विजुलीबाट चल्ने मोटरसाइकल निर्माण गरेका छन् । शिवसताक्षीको दूधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन विद्यार्थी र स्थानीय क्याम्ब्रिज अंग्रेजी माविमा अध्ययन गर्ने एकजना विद्यार्थीहरु मिलेर इभी मोटरसाइकल निर्माण गरेका हुन् । विद्यार्थीहरुले श्री राष्ट्रिय रमणीय आदर्श मावि ५५ औं वार्षिकोत्सव पारेर उक्त मोटर साइकल सार्वजनिक गरेका थिए । श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक..
दमकको विलिभर्स चर्चमा दुई जनाले पास्टरको दावि गरेपछि तालाबन्दी, दुबै पक्ष न्याय माग्दै
झापा – दमक नगरपालिका-३ बेलडाँगीस्थित बागखोर चोकमा रहेको यरुशलेम बिलिभर्स इस्टर्न चर्चमा तालाबन्दी छ । पुस १० गते विश्वभर क्रिसमसको रमझम हुँदा त्यहाँको बिलिभर्स चर्चको मुल ढोका बन्द थियो । विश्वासीहरुबीचको आन्तरिक विवादले चर्च बन्द भएको हो । बिलिभर्स चर्च झापाका संयोजक रेभ. फादर जगत बहादुर वाग्लेका अनुसार बेलडाँगीको बिलिभर्स चर्च हडप्ने प्रयास भइरहेको छ । चर्चको सबै भौतिक संरचनादेखि अन्य सम्पत्तिहरु कब्जा भएको उनको भनाइ छ । ‘हामी विश्वासी..
‘एसियन हाइवे’ निर्माणले गति लिदै, १२ प्रतिशत काम सकियो
२५ माघ, झापा । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा..
प्रेस चौतारी झापाको पत्रकार उपचार कोषमा एकै दिन ९२ हजार सहयोग जुट्यो
२४ माघ, झापा । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा एकै दिन ९२ हजार रुपैयाँ सहयोग जुटेको छ । प्रेस चोतारी नेपाल झापाले मंगलवार दोमुखामा आयोजना गरेको २७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ९२ हजार ५ रुपैयाँ जुटेको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा ५१ हजार रुपैयाँ उपचार कोषलाई सहयोग गर्ने घोषणा गर्नुभयो..
पाथीभरा केबलकार विवाद; दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
काठमाडौँ । पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीबिचको छलफल सकारात्मक रहेको छ । सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको हो । मंगलबार पुनः बैठक बस्ने सहमति भएको आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले जानकारी दिए । उनले भने, ‘आज टंगोमा पुग्न सकिएन । भोलि ११ बजे पुनः वार्ता गरौँ भनेका छौँ ।’ संयोजक तुम्याहाङले आफूहरूले..
‘सिरियल किसर’ उदितनारायण !
काठमाडौं । बलिउडमा एक भलादमी र सरल स्वभावका गायकको रुपमा परिचित थिए उदितनारायण झा, तर भर्खरैको एउटा स्क्यान्डलले उनको यो छविमा गम्भीर क्षति पुगेको छ । उदितले कन्सर्टमा गीत गाउने क्रममा फ्यानहरुलाई चुम्बन गरेको भिडिओ भाइरल भएसँगै उनी विवादित बनेका हुन् । यो स्क्यान्डलमा उनले दिएको प्रष्टीकरण झनै चित्तबुझ्दो छैन । उदितले गल्ती महसुस गर्नुको साटो आफ्नो बचाउ गर्न खोजेका छन् । यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । एक..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७