समाजवादउन्मुख राष्ट्रको अभ्यास र अनुभूति गर्न पाएका छैनौँः शेरबहादुर देउवा

२४ भदौ, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेपनि अझै अभ्यास गर्न नपाएको बताएका छन् । बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा आयोजित बीपी साहित्य महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आज नेपाली कांग्रेसले बहुदलीय शासन प्रणालीमा प्रजातान्त्रिक समाजवादलाई मूल सिद्धान्त बनाएर अघि बढिरहेको उनले बताए । लामो समयको अन्तरालसँग आज हाम्रो मुलुक पनि बीपीले देखाएको मार्गमा अघि बढिरहेको तर, स्थायित्व नपाएको उनको भनाई थियो..

कोशी प्रदेश सरकारले ल्यायो बजेटसम्बन्धी अध्यादेश

२४ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः मुख्यमन्त्री नियुक्त भएपछि पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् । सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् । मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए । यसअघि कार्की..

मान्छेले कहिलेबाट रक्सि खान थाले ? उत्पतीको कथा !

स्थानीय रक्सीको संस्कृति- १ संस्कृतिविद सत्यमोहन जोशीले जुन दिन सय वर्ष उमेर टेके, उनको मुहार धपक्कै बलेको थियो। मानौं, सय वर्षमा पल–पल आउने खुसी एकैचोटि उनको अनुहारमा पोखिएको होस्! पाटनको बखुम्बहालस्थित उनको घरमा बिहानैदेखि शुभेच्छुकहरूको घुइँचो थियो। ललितपुर महानगरपालिकाले त्यसै दिन उनका नाममा 'जन्मशताब्दी महोत्सव' गरेको थियो। उनलाई मंगलबजारबाट रथारोहण गराई बाजागाजासहित नगर परिक्रमा गराइयो। रथको पछि पछि सयौं मान्छेको लश्कर लाग्यो। उक्त सांस्कृतिक जुलुस पुल्चोकस्थित महानगर कार्यालय पुगेपछि निधारमा..

कांग्रेस सांसदको हिंस्रक अभिव्यक्तीः डिएसी र उनको परिवारलाई खोजेर मार्ने धम्की

२३ भाद्र, विराटनगर । सत्तारुढ नेपाली कांग्रेसका एकजना प्रदेश सांसदले नेपाल प्रहरीका डिएसपीको नामै तोकेर उनलाई र उनको परिवारलाई मार्ने धम्की दिएका छन् । प्रदेश १ का प्रदेश सभा सदस्य तथा कांग्रेस नेता खगेनसिंह हाङगामले शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शन गर्दै खुला सभामा हिंसात्मक अभिव्यक्ति दिएका हुन् । त्यसक्रममा तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेका थिए । बिहीबार राति हाङगामलाई लक्षित गरेर प्रहरीले..

कोशी प्रदेश सरकार गठन विवादः सर्वोच्चको पूर्ण इजलासले विश्वासको मत लिएको भिडियो नै हेर्ने

१९ भाद्र, काठमाण्डौँ । कोशी प्रदेश सरकार गठनको वैधानिकताको मुद्दा हेरिरहेको सर्वाेच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबार रिट निवेदकहरुको तर्फबाट बहस भएको थियो । आज प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ । त्यसक्रममा इजलासमै विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो हेर्ने व्यवस्था मिलाइएको छ ।..

एमाले लुम्बिनी प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि सात सय मत खस्यो

१९ भाद्र, काठमाण्डौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) मा मतदान भइरहेको हो । बिहान पौने नौ बजेबाट सुरु भएको मतदान १२ः४५ बजेसम्म सात सय मत खसेको केन्द्रीय निर्वाचन आयुक्त भरत पोखरेलले जानकारी दिए । मतदान सकेपछि प्रक्रिया पुर्याएर आजैबाट मत गणना सुरु हुने बताईएको छ । प्रदेश अधिवेशनका लागि एक हजार चार जना मतदाता रहेका छन् । प्रदेश..

एमाले लुम्बिनी प्रदेश अधिवेशनः अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेलको उम्मेदवारी

१८ भाद्र, काठमाण्डौँ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा पार्टी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको चयनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ । निर्वाचन कमिटीले जारी गरेको प्रारम्भिक नामावलीको सूचनामा अध्यक्षमा दुई, उपाध्यक्षमा चार र सचिवमा दुई जनाको उम्मेदवारी परेको बताईएको छ । अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेलको उम्मेदवारी परेको छ । उपाध्यक्ष पुजन विक, भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल, शान्ताकुमारी वलीले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा..

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

१८ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको स्रोतले बताएको छ ।

उपेन्द्र रुष्ट हुँदा राप्रपा र रास्वपालाई सरकारमा ल्याउने प्रचण्डको तयारी

१४ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । राप्रपालाई सरकारमा ल्याउने गृहकार्य थालेका प्रधानमन्त्री दाहालले यो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि सत्ता–सहकार्यको लागि छलफल गरेका छन् । राप्रपालाई संसदीय समितिको सभापतिको भाग छुट्याएसँगै सत्ता–सहकार्यको चर्चा चलेको छ । राप्रपाका सांसद दीपक सिंह अहिले पूर्वाधार विकास समितिको सभापति चयन भएका छन् । राप्रपाले कोशी प्रदेशको स्थायित्वको लागि भूमिका खेल्ने वचन दिएपछि संसदीय समितिको..

एमसीसी कार्यान्वयनको विषयलाई लिएर समाजवादी मोर्चाभित्र विवाद

१३ भाद्र, काठमाण्डौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद भएको छ । एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै बालुवाटारमा समाजवादी मोर्चाको बैठक बोलाएका थिए । बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले एमसीसी कार्यन्वयन घोषणाका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । बिहान साढे ७ बजे बालुवाटार पुगेका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे..