मुख्य समाचार

प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम दिन जसपा र लोसपाका पाँच सांसद एमालेमा
१ असोज, काठमाण्डौँ । प्रतिनिधिसभा र प्रदेशसभाको आयु सकिन एक दिन अगाडि मधेस प्रदेशकी जसपा सांसद डा.रीना यादव केपी ओलीको हातबाट टीका लगाएर नेकपा एमालेमा प्रवेश गरिन् । जसपा केन्द्रीय सदस्यसमेत रहेकी यादव तत्कालीन राष्ट्रिय जनता पार्टीबाट समानुपातिक सांसद थिइन् । पार्टी विभाजनपछि उनी उपेन्द्र यादव नेतृत्वको जसपामा थिइन् । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका युवा नेता सन्जिव झा लगायतसँगको छलफलपछि उनी एमालेमा प्रवेश गरेकी हुन् । पछिल्लो समय युवा..

आज मध्य रातिदेखी प्रतिनिधिसभाको कार्यकाल सकिँदै
१ असोज, काठमाण्डौँ । आज मध्य राति १२ बजेपछि प्रतिनिधिसभाको कार्यकाल सकिँदै छ। पाँच वर्षको कार्यकाल आज रातिदेखि सकिन लागेको हो । बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसदको ११औँ अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिसेकेका छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २–३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले सोभन्दा अगाडि नै प्रतिनिधिसभाको आयु सकिने प्रावधान छ ।

डेढ लाख लिएको ऋणको डेढ करोड बुझाउदा पनि अझै ऋण चुक्ता भएन
१३ भाद्र, मोरङ । मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे । सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुुसँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर्दा उनले भनेका थिए दिनको २ हजार रुपैयाँ ब्याज पर्छ । पिडित अवधेशकुमार मण्डल उपचारका लागि लिएको ऋण उनले समयमा तिर्न सकेनन्..

एमाले पोलिटब्युरो बैठक आज बस्दै
९ भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकले चुनावी तयारी तथा आसन्न केन्द्रीय कमिटीको बैठकको लागि एजेण्डा तय गर्नेछ । गत मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको लागि एजेण्डा तयार पार्नेछ । १२ गते..

गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्दै, सीट बाँडफाँटमा सकस
७ भाद्र, काठमाण्डौँ । । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँट कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेपछि गठबन्धनका शीर्ष नेतासहितको बैठक आज पुनः बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । आजको बैठकले सीट बाँडफाँटका सन्दर्भमा निष्कर्षमा पुग्ने सम्भावना रहेको कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिए । सीट बाँडफाँटका लागि कांग्रेस नेता..

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, वर्षमान र जनार्दन उपमहासचिव
४ भाद्र, काठमाण्डौँ । पदाधिकारी चयनको निकै रस्साकस्सीपछि अन्ततः देव गुरुङ नेकपा माओवादी केन्द्रको महासचिव बनेका छन् । राष्ट्रिय महाधिवेशन सकिएको ८ महिनासम्म माओवादीले पदाधिकारी टुंगो लगाउन सकेको थिएन । वर्षमान पुन र जनार्दन शर्माको सशक्त दाबेदारीका कारण महासचिव चयनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सकस परिरहेको थियो । त्यही भएर शर्मा र पुन दुवैलाई उपमहासचिवमा राखेर प्रचण्डले तेस्रो विकल्पको रूपमा गुरुङलाई अघि सारेका छन् । गुरुङको जन्म मनाङ नासोङ गाउँपालिका..

पदाधिकारी टुंगो लगाउन माओवादीलाई सकसः आज पनि बैठक बस्दै
४ भाद्र, काठमाण्डौँ । पदाधिकारी टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज शनिबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने बताइएको छ । यसअघि शुक्रबार पदाधिकारी टुंगो लगाउन बोलाइएको बैठक निष्कर्षविहीन सकिएको थियो । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन सकेको थिएन । प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर..

तीन दिनका लागि एमाले अध्यक्ष ओली झापामा
२ भाद्र, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा उत्रिनुभएको छ । तीन दिनका लागि गृह जिल्ला आउनुभएका ओली १२ बजे चन्द्रगडी बिमानस्थल उत्रिनुभएको हो । आजको पहिलो कार्यक्रम कचनकवलस्थित बनियानीको पार्टी प्रबेश र कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तयारी छ । अध्यक्ष ओली साउन ४ गतेसम्म जिल्लाका एक दर्जन कार्यक्रममा सहभागी भइ काठमाडौ फर्किने कार्यक्रम रहेको छ ।

जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि एमाले फर्किदै
१ भाद्र, काठमाडौं । जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि एमाले फर्किने भएका छन् । जसपाका प्रभावशाली नेता–कार्यकर्तासहित उनी आज एमाले प्रवेश गर्दैछन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई टीका लगाएर स्वागत गर्ने कार्यक्रम राखिएको छ । भोजपुर टेम्केमैयुङका राई पूर्वउद्योगमन्त्रीसमेत हुन् । २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईसँगै हेमराजले एमाले छाडेका थिए । राईले आफूसहित १५० जना नेता कार्यकर्ता एमालेमा जान..

झापाका स्थानिय तहहरुमा फोहर व्यवस्थापनको समस्या बढ्दै, समाधान खोज्दै जनप्रतिनिधीहरु
१ भाद्र, झापा । झापाका अधिकाश स्थानीय सरकारसँग फोहरसँगै व्यवस्थापन सकस चुलिँदै गएको छ । जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारे पनि फोहर तह लगाउने दिर्घकालिन समाधान अहिलेसम्म टुङ्गो लागेको छैन् । यसको दिर्घकालिन समाधान खोज्न अहिले झापाका स्थानीय पालिका प्रमुख उपप्रमुख एक ठाउँमा उभिन थालेका छन् । मंगलबार यसैको विषयमा मेचीनगर, विर्तामोड, अर्जुनधारा कन्काई नगरपालिकाका प्रमुख र उपप्रमुखहरुबीच निक्कै लामो छलफल भएको छ ।..