मुख्य समाचार

साना दललाई ‘थ्रेसहोल्ड’को चिन्ता
२७ कार्तिक, काठमाण्डौँ । राजनीतिक दलहरु चुनाव प्रचाररप्रसारको अन्तिम चरणमा छन् । ठूला दलहरु प्रत्यक्ष प्रणालीतर्फ आफ्ना उम्मेदवार जिताउने र समानुपातिकतर्फ मत बढाउने प्रयासमा छन् । साना र नयाँ दलहरु न्यूनतम मतको सीमा अर्थात ‘थ्रेसहोल्ड’को चिन्तामा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन परिणाम सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा ११ मा भनिएको छ, ‘ ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन..

प्रदेश–१ को नाम बहुपहिचानको आधारमा राख्न पहल गर्छुः सुवास नेम्वाङ
२५ कार्तिक, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रदेश १ को नाम बहुपहिचानको आधारमा राख्न पहल गर्ने बताउनुभएको छ । इलाम क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्धवार समेत रहनुभएका उहाँले इलामको लारुम्वामा चुनावी सभालाई सम्वोधन गर्र्दै प्रदेश १ को नाम किरात–सगरमाथा राख्न आफु तयार रहेको र आउँदो समयमा पहल गर्ने उहाँले बताउनभएको हो । किरात धर्मलम्वीहरुको पवित्रस्थल लारुम्वामा पुगेर नेता नेम्वाङले भन्नुभयो ‘प्रदेश १ को नामाकरण अहिलेसम्म हुन..

एमालेले जहाँ टेक्यो त्यहाँ विकास भयोः ओली
२५ कार्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशमा विकासको लहर ल्याएको दाबी दाबी गरेका छन् । झापाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ । हामीले त्यो कुरा घोषणापत्रमा सबै लेखेका छौँ । मुख्य–मुख्य सबै कुरा लेखेका छौँ । सबै समेट्न सकेका छैनौँ ।’ चुनावपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमाले सरकारले गरेका अपूरा काम पूरा गर्न पनि..

माओवादी अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास
२३ कार्तिक, काठमाण्डौँ । सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ । पाँच दलीय गठबन्धनले कर्णालीका तीन जिल्ला जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा मंगलबार साँझ जुत्ता प्रहारको प्रयास भएको हो । मंगलबार सुर्खेत विमानस्थलमा अवतरण गरी नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्कालाई लिएर जुम्ला जाने कार्यतालिका रहे पनि प्रतिकुल मौसमका कारण प्रचण्ड सवार हेलिकप्टर सल्यान पुगेको थियो..

निर्वाचन आउन अब ६० दिन बाँकीः ७७ जिल्लामै निर्वाचन अधिकृत नियुक्त
५ असोज, काठमाण्डौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आज बुधवार ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । चुनाव गराउनका लागि प्रत्येक जिल्लामा एक जना निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्थाअनुसार आउने ११ गतेदेखि लागू हुने गरी..

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै
५ असोज, काठमाढडौँ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन्। ओली निकट स्रोतले सेतोपाटीलाई दिएको जानकारी अनुसार बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए। बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले..

शीतल निवासको ‘बोल्ड डिसिजन’ले नयाँ राजनीतिक द्वन्द्व सुरु
५ असोज, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै देशमा नयाँ राजनीतिक द्वन्द्व सुरु भएको छ । एकथरिले राष्ट्रपतिको निर्णयले संविधानको गम्भीर उल्लंघन भएको भन्दै आपत्ति जनाइरहेका छन् भने अर्काथरिले देश र राष्ट्रियताको पक्षमा राष्ट्रपतिले संविधानभन्दा माथि उठेर साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका छन् । नेपालको संविधानअनुसार संसदको दुवै सदनबाट पहिलोपटक पारित भएर आएको विधेयक चित्त नबुझे राष्ट्रपतिले फिर्ता पठाउन सक्छिन् । तर, दोस्रोपटक पारित..

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियुको प्रदर्शन
५ असोज, काठमाण्डौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ । आज बिहान त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएको खुसीयालीमा प्रदर्शन गरेको हो । उनीहरुले गठबन्धन सरकार चाहिदैन, नागरिकता बेच्न पाइदैन भन्दै नागरिकता विधेयक प्रतिमा जलाएका थिए । प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट दुईदुई पटक पास भएको उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण न गरेको हो ।

आगामी निर्वाचनमा दुई करोड मतदाताले मतदान गर्दै
१ असार, काठमाण्डौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पौने २ करोड मतदाता सहभागी हुन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार यो पटक १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताको संख्या कायम भएको हो । आयोगका अनुसार सर्वाधिक मतदाता मोरङ र मनाङमा कम रहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा २ लाख ५४ हजार ८ सय ४७ जना मतदाता..

एमालेले समानुपातिकतर्फको उम्मेदवारहरुको नामावली भोलि तयार गर्ने
१ असोज, काठमाण्डौँ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको नामावली भोलि तयार गर्ने निर्णय गरेको छ । आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकमा तीन वटा निर्णय भएको जानकारी दिए । महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरुका बारेमा जानकारी गराएका..