माओवादीमा छोरी-ज्वाइँ, भाइ-भतिजा सप्रेका छन्ः एमाले अध्यक्ष ओली

१८ असेज, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेता कार्यकर्ताले आफूसँगको भेटमा गुनासो पोख्ने गरेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीसँग कुनै नीति नभएको बताए । उनले भने, ‘माओवादीले नराम्रोबाहेक केही गरेका छैनन् । माओवादीका नेता कार्यकर्तासँग भेट गर्दा मसँग पीडा पोख्छन् । छोरी ज्वाइँ, भाइ भतिजा भान्छ सप्रेका छन् माओवादी नेता कार्यकर्ता पीडित भएर तड्पिएका छन् । तीनले गरेको योगदान..

सुवास नेम्वाङको निधनपछि एक्लिएका विनोद ढकाल

१७ असोज,  विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘अहिलेको परिस्थितिमा सहमतिमा नेतृत्व चयन गर्नुस् । सहमति हुन सकेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् । गुटबन्दी गर्ने र प्यानल बनाउने छुट अहिलेलाई छैन ।’ अध्यक्ष ओलीले मात्रै होइन वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र महासचिव शङ्कर पोख्रेलले समेत सहमतिमै नेतृत्व चुन्न जोड दिए । वरिष्ठ उपाध्यक्ष पोख्रेलले त अधिवेशनमा प्यानल बनाएर गए..

कोशीमा गठबन्धन सरकारलाई असर पर्ने गरी अर्काे गठबन्धन बन्दैनः माधव नेपाल

१७ असोज, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य आफूहरूले पुष्टि गरिसकेको दाबी गरेका छन् । समाजवादी प्रेस संगठन मधेश प्रदेशले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली जनताको भावना, चाहानालाई बुझ्ने पार्टी एकीकृत समाजवादी नै भएको जिकिर गरे । उनले कांग्रेसलाई बाहिर राखेर सरकार बनाउने कुनै तयारी नभएको स्पष्ट पारे । उनले भने, ‘वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब,..

‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध बिहीबार सुनुवाइ हुने

१७ असोज, काठमाण्डौँ । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ । रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी आइतबार सर्वाेच्च अदालतमा रिट दायर गरेकी थिइन् । आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद..

सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु च्यासलमा

२६ भदौ, काठमाण्डौँ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।..

कोशी प्रदेशको नामबारेको विवाद संवादबाटै समाधान खोज्नुपर्ने प्रधानमन्त्रीको भनाई

२५ भदौ, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोशी प्रदेशको नामबारे संवादबाटै समाधान खोज्नुपर्ने बताएका छन् । समाजवादी मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको बताए । उनले कन्फ्रन्टेसन नभएर वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिुपर्ने बताए । संवाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिवर्तन उल्ट्याउन चाहनेहरुले फाइदा उठाउन सक्ने प्रधानमन्त्री प्रचण्डले बताए ।..

पाँच वर्ष यही गठबन्धन चल्छ ढुक्क हुनुहोस्ः प्रधानमन्त्री प्रचण्ड

२५ भदौ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष यही गठबन्धन निरन्तर रहने बताएका छन् । समाजवादी मोर्चाको सन्देशसभामा विराटनगर आएका उनले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह गरे । पत्रकारको प्रश्नको संक्षिप्त जवाफ दिँदै बाहिरिने क्रममा उनले भने, ‘पाँच वर्ष यही गठबन्धन चल्छ ढुक्क हुनुहोस् ।’ मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष..

कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचपास ठप्प

२५ भदौ, काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् । साउन २ गते विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको भनाइ छ । विमानस्थल भन्सारको कार्गाेतर्फका सबै सेवा ठप्प भएको एक जना भन्सार अधिकृतले बताए । भोलि पनि सेवा अवरुद्ध हुने ती अधिकृतले बताए..

बेइजिङमा एमाले महासचिव पोखरेले उठाए चुच्चे नक्साको बिषय

२५ भदौ, काठमाण्डौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो । दुई नेताबीचको भेटवार्तामा महासचिव पोखरेलले १८१६ को सुगौली सन्धीको मर्मअनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेको जानकारी गराएका छन् । चुच्चे नक्साका कारण दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु..

ललिता निवास प्रकरणका १८ आरोपीत धरौटीमा छुटे, मिन गुरुङसँग २ करोड ४६ लाख माग

२४ भदौ, काठमाण्डौँ । ललिता निवासको जग्गा प्रकरणमा प्रहरी हिरासतमा रहेका १८ जना नै आरापीतलाई रिहाइ गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा र एक जनालाई साधरण तारेखमा छाड्न आदेश दिएको जनाईएको छ । गुरुङसँग अदालतले जम्मा २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । ललिता निवास परिसरको सरकारी जग्गा..