एमालेको किनारामा हिडिरहेका भीम रावल

१३ साउन, काठमाण्डौँ । डेढ वर्षदेखि पार्टीमा भूमिकाविहीन रहेका नेकपा एमालेका नेता भीम रावल गृह जिल्ला अछाम सहित पश्चिम नेपालका केही जिल्ला पुगेर राजधानी फर्किएका छन् । १२ साउनमा मात्रै राजधानी फर्किएका रावलले यसपटक एमालेका केही कार्यक्रम र नेता–कार्यकर्तासँग अन्तरक्रिया गरे । १ साउनमा अछामको साफेबगर नगर कमिटीले गरेको कार्यक्रममा पूर्वउपाध्यक्षको हैसियतमा प्रमुख अतिथि बने । यसको एक साताभित्रै ७ साउनमा अछामकै बयलपाटा अस्पताल परिसर पुगेर रावलले वृक्षरोपण गरे ।..

राजेन्द्र लिङ्देनसँग देउवा–दाहालले गरे सत्ता सहकार्यको प्रस्ताव

१३ साउन, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । ‘कोशीमा मात्रै होइन, सबैतिर सहकार्य गरौं’ लिङ्देनलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव थियो । उच्च स्रोतका अनुसार, संघीय सरकारमा तत्काल आउनेगरी सोच्न प्रधानमन्त्री प्रचण्डले लिङ्देनको प्रस्ताव गरेका थिए । ‘कोशीको मुख्यमन्त्रीमा आलोपालो गरौं, अरु..

कांग्रेस केन्द्रीय समिति बैठकः देउवालाई धन्यवादको ओईरो, खाणको बचाउ

४ साउन, काठमाण्डौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । मंगलबार बैठकको एजेण्डा र विभिन्न प्रतिवेदन पेस भएकोमा आज बुधबार ४६ जना नेताले आआफ्नो धारणा राखेका छन् । दोस्रो दिनको बैठकको सुरुमा प्रदेश सभापति र प्रदेश संसदीय दलका नेताहरुलाई बोल्ने समय दिइएको थियो । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सभापतिले आआफ्नो धारणा राखेका थिए भने बैठकमा कोशी प्रदेश सभापतिको सहभागिता थिएन..

नेसपा दुई ध्रुवमाः बाबुराम एकताको पक्षमा नउभिए साथ छाड्ने नेताहरुको तयारी

२९ असार, काठमाण्डौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) माओवादी केन्द्रसँग एकताको लागि अघि बढेको छ । अध्यक्ष भट्टराईले भने समाजवादी मोर्चामा आफूलाई नसमेटेका भन्दै माओवादीसँग एकताको पक्षमा नरहेको अभिव्यक्ति दिइरहेका छन् । उनी अहिले संगठन विस्तारमा सक्रिय भएका छन् । तर, उनको दलका अर्का अध्यक्ष महिन्द्रराय यादव र नेता गंगानारायण श्रेष्ठ भने कुनैपनि हालतमा माओवादीसँग एकताको पक्षमा उभिएका छन् । उनीहरुले आवश्यक परे बाबुरामको साथ छोड्ने पनि..

मिटरब्याजसम्बन्धी विधेयक हराएको भन्दै सांसदको प्रश्न

२९ असार, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध हटेपछि बसेको प्रतिनिधिसभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयकको खोजी भएको छ । शुक्रबार प्रतिनिधिसभामा आकस्मिक र शून्य समयमा बोल्ने सांसदहरुले मिटरब्याजसम्बन्धी विधेयक बैठकको कार्यसूचीबाट नै हराएको भन्दै प्रश्न गरेका हुन् । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने गरी ल्याएको अध्यादेशलाई प्रतिस्थापन विधेयक २० असारभित्र पास गरिसक्नुपथ्र्याे । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर त्यही दिन संसद अवरुद्ध भएपछि अध्यादेश निष्क्रिय भयो । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले..

प्राध्यापक–कर्मचारीले क्याम्पसमा आउने विद्यार्थी निजिमा पठाएको भन्दै क्याम्पस प्रमुखलाई पत्र

२८ असार, झापा । दमक बुहुमुखी क्याम्पसका प्रमुखलाई आज अनेरास्ववियुका विद्यार्थीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । क्याम्पसका केही प्राध्यापक र कर्मचारीले निजि शिक्षण संस्थासंग मिलेर नयाँ भर्नाकालागि आएका विद्यार्थीहरुलाई निजि शिक्षण संस्थामा जान सिफारीस गरेको भन्दै अनेरास्ववियु दमक क्याम्पस कमिटीका अध्यक्ष भिजन चेम्जोङ नेतृत्वको टोलीले क्याम्पस प्रमुख डा.नेत्र बुढाथोकीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । निजि शिक्षण संस्थासंग मिलेर क्याम्पसका केही प्राध्यापक र कर्मचारीले नयाँ भर्ना हुन आउने विद्यार्थीहरुको व्यक्तिगत विवरण..

प्रचण्ड पत्नी सिताको पार्थिव शरीर पार्टी कार्यलय पेरिसडाँडामा, आजै अन्त्येष्टि गरिने

२७ असार, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनपछि दुई छोरी भावविह्वल बनेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा दुई छोरीहरु रेनु र गंगा दाहाल भावविह्वल बनेका हुन् । आमाको बुधबार बिहान निधन भएपछि भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी दाहाल काठमाडौँ आएकी थिइन् । विमानस्थलबाट सिधै नर्भिक पुगेकी उनी त्यहाँ पुगेपछि भावविह्वल बनेकी थिइन् । यस्तै रेनुकी बहिनीसमेत रहेकी गंगा पनि उस्तै भावविह्वल बनिन् । आमाको पार्थिव..

कोशी प्रदेश नयाँ सरकार गठनका लागि सत्तागठबन्धनको बैठक बस्दै

१८ असार, काठमाण्डौँ । सत्ता गठबन्धनको बैठक आज अपराह्न बस्दैछ । कांग्रेस स्रोतका अनुसार आज दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफल एजेन्डा रहेको बताईएको छ । विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा (२)..

जसपा अध्यक्ष यादव र जनमतका अध्यक्ष राउतबीच पानी वारावार !

१६ असार, काठमाण्डौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि झन् आक्रमक भएका छन् । पछिल्लो समय जसपाले वजेटको समर्थनमा मतदान गरेपछि जनमत पार्टी सो पार्टीप्रति झनै आक्रमक भएको हो । जसपाले सुरुदेखि यथास्थितिमा सरकारको वजेटलाई पास हुन नदिने भन्दै आएको थियो । कार्यकारिणी समितिको बैठकबाट पनि यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको थियो । तर, असार १३ गते एकाएक संसदीय दलको बैठकबाट निर्णय गरेर बजेटलाई..

मन्त्री किराती र राज्यमन्त्री सिर्पालीबीच ‘पानी बारावार’, सचिवले पनि नटेरेको आरोप

५ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका चर्चित मन्त्रीमध्येका एक हुन् सुदन किराती । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालिरहेका उनै मन्त्री पछिल्लो समय एकपछि अर्काे चर्चा र विवादमा समेत तानिन थालेका छन् । मन्त्री किरातीको काम गर्ने शैली र बोलीका कारण पार्टीभित्रैबाट उनको विरोध हुन थालेको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट पर्यटन मन्त्री बनेका किराती र सोही पार्टीबाट उक्त मन्त्रालयमा राज्यमन्त्री बनेकी सुशिला..