मुख्य समाचार

चुलाचुलीका जनप्रतिनिधीले भ्रम फैलाएको भन्दै युवा संघ र अखिलको आपत्ती
२७ श्रावण, इलाम । चुलाचुली गाउँपालिकाका जनप्रतिनिधीले निर्माणधिन मदन भण्डारी राजमार्गको बिषयमा भ्रम फैलाएको भन्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले आपत्ती जनाएको छ । झापाको शान्तीनगरबाट सुरु भएर चुलाचुली हुँदै डढेलधुराको रुपनीमा टुंगिने राजमार्ग चुलाचुलीको केही भाग मात्र छुवाएर लौजान यस क्षेत्रका संघिय प्रतिनिधी सभा सदस्यले चलखेल सुरु गरेको भनेर चुलाचुली गउँपालिकाका प्रवक्ता वविन राईले लेखेको स्टाटसले यथार्थ भन्दा बाहिर पुर्वाग्राही भएर भ्रम पुर्ण सुचना सम्प्रेषण गरेको भन्दै युवा..

निर्वाचन आयोगमा २१ दल दर्ता
२६ श्रावण, काठमाण्डौँ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् । अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ । आयोगमा यसअघि १ सय १६ राजनीतिक दल..

निर्वाचन तयारीका लगि एमाले सचिवालय बैठक बस्दै
२६ श्रावण, काठमाण्डौँ । आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताउनुभयो । बैठकले पोलिटब्युरो..

पूर्वपश्चिम राजमार्ग काँकरभिट्टादेखि लौकहीसम्म चार लेनको बनाउन पौष देखी काम सुरु हुने
२२ श्रावण, झापा। झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्म एकसय २० किलोमिटर पूर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि आगामी पुस महिनादेखि निर्माण कार्य सुरु हुने भएको छ । आज मेचीनगर नगरपालिकाको सभाहलमा काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नती आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन(ईआईए) प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सो आयोजनाका टोली प्रमुख राजन श्रेष्ठले काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नतीको आयोजनाका विषयमा जानकारी गराउनुभएको थियो । नेपाल सरकारको भौतिक पूर्वाधार..

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु
२२ श्रावण, काठमाण्डौँ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ । आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा श्रावण १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज श्रावण २२ गते देखि श्रावण ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो । दल दर्ताको निवेदनसँगै राजनीतिक दलले..

रवि लामिछानेलाई संकेत गर्दै ओलीले भनेः फेद न टुप्पोका !
२१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको आलोचना गरेका छन् । लोकतन्त्र ल्याउन बलिदान गरेका नेताहरुको अपमान गरेको भन्दै ओलीले लामिछानेलाई ‘भडुवा’ भनेका छन् । शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले लामिछानेलाई एउटा जमातले साथ दियो भन्दैमा नेता भएँ भन्दै हिँडेको टिप्पणी गरे । ‘‘देशमा लोकतन्त्र ल्याउन बलिदान गरेर आएका, संघर्ष गरेर आएका, जेल नेल भोगेर आएका, अंगभंग भएर आएका,..

प्रदेश १ को कुन क्षेत्रमा कुन दलको दाबी ?
२१ श्रावण, काठमाण्डौँ । शीर्ष बैठकबाट गठित कार्यदलले काम थाल्नुअघि नै प्रदेश १ बाट माओवादी केन्द्र, नेकपा एस र जसपाले आ–आफ्नो हैसियत अनुसार सीट दाबी गर्न केन्द्रीय कार्यालयलाई अनौपचारिक रिपोर्ट पठाएका छन् । ती दलका प्रदेश संयन्त्रका पदाधिकारीहरूसँगको कुराकानीमा उनीहरूले अधिकतम सिट लिनका लागि नेतृत्वलाई आग्रह गरेका छन् । विगतको विजयी सीट र स्थानीय तहको चुनावको आधारमा समेत दाबी गरिएको नेताहरूको भनाइ छ । १४ जिल्ला रहेको प्रदेश १ मा..

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादव
२१ श्रावण, काठमाण्डौँ । नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बनाएको छ । त्यस्तै सहध्यक्षमा तेस्रो वरीयतामा गंगानारायण श्रेष्ठ चयन भएका छन् । यस्तै उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह र दुर्गा सोव चयन हुँदा महासचिव रमेशप्रसाद यादवलाई बनाएको छ । बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ ।..

एक बर्ष परा नभई इलामको सुकिलुम्बा विमानस्थलको धावनमार्ग चर्किन थाल्यो
२० श्रावण, इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग चर्किन थालेको छ । उद्घाटन भएको ५ महिना नपुग्दै धावनमार्गको पूर्वतर्फको भाग चर्किएको हो । ७ सय मिटर लम्बाई र २० मिटर चौडाई रहेको धावमार्गको पूर्वतर्फको भाग चर्किएपछि अहिले टाल्ने काम भइरहेको छ । धावनमार्ग निर्माण गर्दा लगाइएको ग्याबिन वालले माटोको भार थेग्न नसकेपछि विमानस्थल झनै जोखिममा परेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र निर्वतमान पर्यटनमन्त्री प्रेम आलेले गत फागुन १..

मेहनत गरे बहुमतको सरकार बनाउन सकिन्छः अध्यक्ष ओली
२० श्रावण, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावपछि दुई तिहाई बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सक्ने बताउनसभएको छ । आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने उहाँले बताउनुभएका हो । काठमाडौंमा आज भएको कार्यक्रमा उहाँले भन्नभयो, ‘केन्द्रमा एकल बहुमतको सरकार बनाउनुर्पयो । प्रदेशमा बहुमतको सरकार बनाउनुर्पयो ।’ एमाले..