बालकृष्ण खाणलाई भेट्न कारागार पुगे शशांक कोईराला

१३ भाद्र, काठमाण्डौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाणलाई भेट्न कोइराला बुधबार बिहान केन्द्रीय कारागार सुन्धार पुगेका थिए । कारगार स्रोतकाअनुसार उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । खाणलाई भेट्न कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि कारागार पुगेका थिए । खाणलाई भेट्न कांग्रेसका शीर्ष नेता सुन्धारा पुगिरहेका छन् । केही समयअघि नेता शेखर कोइराला, सहमहामन्त्री..

अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैनः प्रधानमन्त्री प्रचण्ड

१२ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि भने छोड्न आवश्यक नभएको बताएका छन् । संसदमा आज भएको प्रश्नोत्तरमा सांसद असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेको बताए । त्यही कारण राजनीतिक प्रणालीप्रति जनतामा छाएको वितिष्णालाई चिर्न सफल भएको उनको दाबी छ । दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा परेको भन्दै उनले..

कोशी प्रदेशमा आजबाट बजेट होलिडे सुरु

११ भाद्र, विराटनगर । कोशी प्रदेशमा आजबाट बजेट होलिडे सुरु भएको छ । अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन नहुँदा कोशीमा आईतबार राति १२ बजेबाट बजेट होलिडे सुरु भएको हो । नेकपा (एमाले) नेतृत्वको सरकारले गत असार १४ गते अध्यादेशमार्फत ल्याएको बजेट प्रदेश सभामा टेबुल गरेको थियो । प्रदेश सभामा प्रस्तुत भएको उक्त विधेयक ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर प्रतिस्थापन गर्नुपर्ने व्यवस्था बमोजिम उक्त अध्यादेशबाट ल्याइएको बजेटको कानुनी र संवैधानिक हैसियत आईतबार..

पुर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन ओलीको सन्देश

१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्काे निर्णय र अभिव्यक्ति मार्फत निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन सन्देश दिइरहेका छन् । फागुन २०७९ मा शीतलनिवासबाट बिदा भएकी भण्डारीले राजनीतिमा आउन सक्ने संकेतहरु दिइरहेकी छन् । त्यसलाई मलजल गर्दै एमाले नेताहरुले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने भन्दै लबिइङ गर्न थालेपछि ओलीले चर्काे आक्रोश पोखेका छन् । एक पदाधिकारीका अनुसार, २९ साउनमा केन्द्रीय मुख्यालय च्यासलमा बसेको..

पर्यटनको प्रचुर सम्भावना बोकेको ताप्लेजुङको जलजले क्षेत्र (फोटो फिचर)

१ भाद्र, ताप्लेजुङ । पर्यटनको प्रचुर सम्भावना बोकेको ताप्लेजुङ, मैवाखोला गाउँपालिका जलजले हिमाल क्षेत्र तस्विरमा (फोटो रुपेन्द्र वनेम)

ललिता निवास प्रकरणः दुई पूर्व प्रधानमन्त्रीको बयान लिने सीआईबीको तयारी

३० साउन, काठमाण्डौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले दुई जना पूर्व प्रधानमन्त्रीको बयान लिने भएको छ । पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईको बयान लिन लागिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एक जना अधिकृतले बताए । ललिता निवासबारे अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृतहरुले पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँग आइतबार ६ घण्टाभन्दा लामो समय बयान लिए । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्यसचिव थिए ।..

जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय

३० साउन, काठमाण्डौँ । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ । पुरानै अवस्थामा कित्ताकाट खुलेको बताईएको छ । जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि नै सुस्त भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसअघि नै कित्ताकाट खोल्ने..

गठबन्धनको निर्णयः सुन तस्करी अनुसन्धान सीआइबीले नै गर्ने, गौर हत्याकाण्डको छानबिन नगर्ने

२९ साउन, काठमाण्डौँ । सत्तारुढ दलहरुका शीर्ष नेताको बैठकले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको मागलाई अस्वीकार गरेको छ । सीआइबीले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको हो । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले दिएको जानकारीअनुसार एमालेले अनुसन्धान डाइभर्ट गर्नमात्रै यो मुद्दा उठाएको भन्दै नेताहरुले उच्चस्तरीय समिति आवश्यक नरहेको बताएका थिए । सुन प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराका बाबुछोराको पनि बैठकमा..

एक क्विन्टल भनिएको सुन जोख्दा ६० किलोमात्रै भएको पुष्टि

२९ साउन, काठमाण्डौँ । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो । गालेर जोख्दा तौल थप घट्ने बताइएको छ । सोमबार टक्सार महाशाखामा नेपाल..

स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुबै भाषामा सोध्ने त्रिविको तयारी

१९ साउन, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा. धर्मकान्त बाँसकोटाले बताए । ‘‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न..