संघीय सरकारविरुद्ध बागमती प्रदेश सरकारको सर्वाेच्च अदालतमा रिट दर्ता

संघीय सरकारविरुद्ध बागमती प्रदेश सरकारको सर्वाेच्च अदालतमा रिट दर्ता

१२ कार्तिक, काठमाण्डौँ । बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेको छ । प्रदेशको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै बागमती सरकारले संघीय सरकारविरुद्ध आज (सोमबार) सर्वाेच्चमा रिट निवेदन दर्ता गरेको छ ।

संघीय संसद्ले बनाएको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ विरुद्ध प्रदेश सरकारका तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।
प्रदेश सरकारलाई संविधानले आफ्नो प्रदेशभित्र यातायात व्यवस्थापनको अधिकार दिएकोमा संघीय सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लालाई बागमतीबाट अलग गर्न खोजेको रिट निवेदकको जिकिर छ ।

रिट निवेदनमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीलाई विपक्षी बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर