राष्ट्र संघका महासचिवको सम्मानमा प्रधानमन्त्रीद्धरा रात्रिभोजको आयोजना

राष्ट्र संघका महासचिवको सम्मानमा प्रधानमन्त्रीद्धरा रात्रिभोजको आयोजना

११ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागत सम्मानमा रात्रिभोज आयोजना गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस रात्रिभोजमा सरिक भएका छन् । सिंहदरबारमा आयोजित रात्रिभोजमा विभिन्न राजनीतिक दलहरुका नेताहरुको पनि सहभागीता रहेको थियो ।

आइतबार महासचिव गुटेरेसले प्रधानमन्त्री दाहाल, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री एनपी साउद, रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

उनले पाटन दरबार क्षेत्रको अवलोकन समेत गरेका छन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर