कोशी प्रदेश सरकार गठनका लागि गठन्धनका नेताहरु छलफलमा जुट्दैँ

२३ असोज, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशको सरकार गठनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने भएका छन् । सभापति देउवाले आफूनिकट नेताहरुसँग कोशीमा आफू गठबन्धनबाट नै सरकार बनाउनुपर्ने पक्षमा रहेको अडान सुनाएका छन् । उनले आफुहरु गठबन्धनमा रहेकोले गठबन्धनको मर्म र भावनालाई आत्मसात गरेर जानुको विकल्प नभएको कुरा पार्टी पदाधिकारी बैठकमा समेत ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री दाहालले कोशी प्रदेश सरकार गठनको लागि राप्रपाको साथ खोजेका..

संघियताको विरोध गर्ने राप्रपा कोशीमा मुख्यमन्त्री ताक्दै

२३ असोज, काठमाण्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित देखेपछि शनिबार पदबाट राजीनामा दिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारमा दाबी गर्न दलहरुलाई शुक्रबार साँझ ५ बजेसम्म समय दिएका छन् । हिक्मत सरकार ढलेर नयाँ सरकरा बन्ने बाटो खुलेसँगै नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एसले दाबी गरेका छन् । भने उता..

इजरायलमा आतंकवादी हमलामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने

२२ असोज, काठमाण्डौँ । सरकारले इजरायलमा भएको आतंकवादी हमलामा ज्यान गुमाएका १० जनाको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली स्वदेश फर्किन चाहेमा ल्याउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

इजरायलमा मृत्यु भएका नेपालीको शव यथाशिघ्र फिर्ता ल्याउन सरकारको तयारी

२२ असोज, काठमाण्डौँ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । सोमबार विहान परराष्ट्रमन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव फिर्ता ल्याउने निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको छ । १० मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित..

इजरायलमा मृत्यु भएका आनन्दको करोड विरुवा रोप्ने र सुविधासम्पन्न हस्पिटल खोल्ने सपना अधुरै रह्यो

२२ असोज, जनकपुर । बुबा सोमन होशमा आउने बित्तिकै छाती ठोक्दै विलाप गर्छन्, ‘हौ बौवा, आब केना हमर दुखके दिन दुर हेतै हौं । केकरा हम बेटा–बेटा कहबै हौं ।’ (ए बाबु ! अब हाम्रा दुःखका दिन कसरी हट्छ । कसलाई हामीले छोरा भन्ने ?) यसो भन्दै गर्दा उनी मुर्छा पर्छन् । छरछिमेक र आफन्तले दाँती छुट्टाउन खोज्छन्, सम्झाउँछन् र उनलाई सुताउने प्रयास गर्छन् । ७० वर्षीया हजुरआमा बसमतिया देवी,..

अहिलेको सरकार जनताप्रति उत्तरदायी छैनः एमाले अध्यक्ष ओली

२१ असोज, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा ओलीले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको बताएका हुन् । उनले वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको टिप्पणी गरे । एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीको आरोप थियो । सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले पछाडि..

झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार, मधेसका पूर्वमन्त्री सहित ७ जनाविरुद्ध मुद्दा दायर

२१ असोज, काठमाण्डौँ । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६र०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो । तर आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख..

इजरायलमा भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु

२१ असोज, काठमाण्डौँ । इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरलाई उदृद्ध गर्दै बताए । उनका अनुसार घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएपनि अहिलेसम्म पुष्टि हुन..

सच्चिन नसक्ने भए प्रचण्डले सरकार छोड्नु पर्छः शेखर कोइराला

२० असोज, काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यो सरकार सच्चिन जरुरी रहेको बताउँदै सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले सरकार छोड्नु पर्ने उनले बताएका हुन् । उनले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नु पर्ने बताए । उनले देश अराजकतातिर गइरहेको भन्दै..

हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन दलका नेतालाई पत्राचार गरे

२० असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलको नेता मार्फत सांसदहरूलाई अनुरोध गरेका छन् । कार्कीले आजै प्रदेशसभामार्फत विश्वासको मत लिने कार्यक्रम छ । नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ को उपनियम (१) र (२)..