एमाले इलामको इन्चार्जमा पुन: राम राना

एमाले इलामको इन्चार्जमा पुन: राम राना

बिर्तामोड । नेकपा एमालेको आज बसेको पदाधिकारी बैठकले प्रदेश संयोजक र जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकेको छ । सोअनुसार कोशी प्रदेशको संयोजकमा सचिव शेरधन राईलाई जिम्मेवारी दिइएको छ ।

पार्टीले झापा जिल्ला इञ्चार्जमा रोमनाथ ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि पनि ओली जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए ।

यस्तै ताप्लेजुङमा तिलकुमार मेयाङ्बो, पाँचथर आइन्द्र सुन्दर नेम्वाङ, चौधरी, खोटाङ विशाल भट्टराई, ओखलढुंगा यज्ञराज सुनुवार, सोलुखुम्बु मानवीर राई, भोजपुर– हेमराज राई, संखुवासभा तुलसी न्यौपाने, तेह्रथुम विष्णुमाया विक र धनकुटाको इञ्चार्जको जिम्मेवारी राजेन्द्र राईलाई दिइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर