देउमाई खोलामा अस्थायी ड्याम निर्माणपछि साना सवारी सञ्चालन

इलाम । नेपालटार-मङ्गलबारे-गजुरमुखी-चतुरे सडकखण्डअन्तर्गत इलामको देउमाई नगरपालिका-५ र माङसेबुङ गाउँपालिका-१ जोड्ने देउमाई खोलामा अस्थायी ड्याम निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको छ । गत असोज १८ गतेको बाढीले पक्की पुलमा क्षति पुर्‍याएपछि अवरुद्ध सडक १७ दिनपछि सोमबार दिउँसोदेखि सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । सो सडकअन्तर्गत देउमाई खोलामा अस्थायी ड्याममार्फत साना सवारी सुचारु गरिएको उनले बताए । कोशी प्रदेश सरकारको सहयोगमा माङसेबुङ गाउँपालिकाले पुलको भत्केको क्षेत्रमा ड्याम निर्माणपछि..

हुलाकी राजमार्गमा रहेको कनकाई पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु

१ कार्तिक, झापा । सरकारले झापाको हुलाकी राजमार्गमा रहेको कनकाई नदीको पुलको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । ठेक्का सम्झौता गरी काम नगरेर वर्षाैंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । ठेक्का सम्झौता तोड्न लागिएकोमा सबैभन्दा ठुलो झापाको कनकाई पुलको हो । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कनकाई पुलको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको..

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा एक महिनाको तलब राहत कोषमा जम्मा

इलाम ।  गएको असोज १८ गतेको अविरल वर्षा र बाढीले ठूलो जनधन र भौतिक क्षति बेहोरेको इलाममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफ्नै एक महिनाको तलब जिल्ला स्तरीय राहत कोषमा जम्मा गरेकी छिन् । बाढी र पहिरोले प्रभावित इलामलाई पुनर्निर्माणमा सघाउन तथा “गुमेको मुस्कानलाई पुरानै लयमा फर्काउन” योगदान दिने उद्देश्यले उनले उक्त रकम आज (बुधबार) जिल्ला राहत कोषको बैंक खातामा जम्मा गरेकी हुन्। नेपालले भनिन्, “इलाम अहिले घाइते छ, तर..

१२ दिनपछि खुल्‍यो इलामको तिल्केनी–सिमलगोलाई सडक

इलाम । मेची राजमार्गको विकल्पका रुपमा तिल्केनी–सिमलगोलाई सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । सो सडकखण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेसँगै यो सडक सञ्चालनमा आएको हो । उक्त सडकमार्फत बुधबार साँझदेखि साना सवारीसाधन सञ्चालन सुरु भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । ‘ह्युमपाइप र हाइड्रो पावरको टेलरेस्ट विच्छ्याएर जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरिएको छ,’ उनले भने, ‘आज..

इलामका बाढीपीडितलाई मन्त्री घिसिङले गरे राहत वितरण, भोलिसम्म सडक खुलाउन निर्देशन

इलाम । भौतिक योजना तथा पुनर्निर्माणमन्त्री कुलमान घिसिङले इलामका बाढीपीडितहरूको अवस्था बुझ्दै भोलिसम्म सडक सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । इलाम नगरपालिका–१० राजदुवाली पुगेर मन्त्री घिसिङले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै तत्काल सडक खुलाउन र विद्युत् आपूर्ति गर्न निर्देशन दिएका हुन् । मेची राजमार्गअन्तर्गतको राजदुवाली खण्ड अहिलेसम्म अवरुद्ध छ। मिल गोलाइ भने सञ्चालन भइसकेको छ । शनिबार इलाम नगरपालिका–१० राजदुवाली पुगेर मन्त्री घिसिङले बाढीले प्रभावित क्षेत्रको अवलोकन गर्दै..

थरीथरीका जेनजी : रोडम्याप अस्पष्ट

काठमाडौँ । भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलित जेनजी समूहभित्र अहिलेको परिस्थितिबाट देशलाई निकास दिने रोडम्यापबारे मतैक्यता देखिएको छैन । आन्दोलन सफल भएर अन्तरिम सरकार गठन र प्रतिनिधि सभा निर्वाचनको घोषणा भइसकेको अवस्थामा जेनजीभित्र विभिन्न समूह फरक–फरक रोडम्यापसहित अघि बढ्न खोजेको देखिन्छ । जेनजी प्रतिनिधिको रूपमा पछिल्लो समय देखा परेका अनुहारमध्ये कतिपयले यही संविधान अनुसार हुने निर्वाचनले जेनजी पुस्ताको माग र आकाङ्क्षा सम्बोधन नगर्ने तर्क गरिरहेका छन् भने कतिपयले..

कोशी प्रदेश सरकारले इलामका पहिरो प्रभावितलाई पठायो राहत सामग्री

विराटनगर । कोशी प्रदेश सरकारले सबैभन्दा बढी जनधनको क्षति भएको जिल्ला इलाममा राहत सामग्री पठाएको छ । पहिरोबाट विस्थापित परिवारका लागि अत्यावश्यक सामग्रीहरू तत्कालका लागि हेलिकप्टरमार्फत प्रदेश सरकारले पठाएको हो । जिल्लाको माङसेबुङ गाउँपालिका र इलाम नगरपालिकामा पहिलो चरणमा राहत सामग्री पठाएको हो । विस्थापित परिवारको तथ्यांक संकलन भइरहेकाले क्रमिक रूपमा राहत सामग्री पठाउने प्रदेश सरकारले जनाएको छ । यातायात अवरूद्ध हुँदा सबै ठाउँका प्रभावितहरूको तथ्यांक संकलन गर्न बिलम्व भइरहेको..

राहतको पोको खोल्दै कोशी सरकार, केन्द्रको मुख नताक्ने

विराटनगर । कोशी प्रदेश सरकारले विपद्का लागि राखेको राहत सामाग्री पर्याप्त रहेको जनाएको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको टोलीले सोमबार राहत सामाग्री राखेको विराटनगर भन्सार कार्यालयको गोदाम र सुनसरीको इनरुवामा राखेको गोदामको अवलोकन गरेका छन् । त्यसपछि सामान्य प्रतिक्रिया दिँदै उनले राहत सामाग्री पर्याप्त रहेको र मंगलबारसम्ममा सबै प्रभावित जिल्लाहरूमा पठाइने बताएका छन् । ‘हालको अवस्थामा पीडितहरूका लागि राहत सामग्री पर्याप्त रहेको छ,’..

दुई दिनको विपदमा ४८ जनाको ज्यान गयो , इलाममा मात्र ३७ जनाको मृत्यु

इलाम । असोज १७ देखि परेको अविरल वर्षाले देशभर ठुलो मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बेलुकी ५ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार ४८ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता छन् । मृतकमध्ये इलाममा मात्र ३७ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २, पाँचथरमा १, कञ्चनपुरमा १, खोटाङमा १, मोरङमा १, सुनसरीमा १ र उदयपुरमा १ जनाको मृत्यु भएको..

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

इलाम । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ । यो अति भारी वर्षा हो । बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा २०५, धनकुटामा १६६, धनुषामा १९२, सिन्धुलीमा २०५, सप्तरीमा १८०, रौतहटमा २०५, मकवानपुरमा २२४ मिलिमिटर वर्षा..