२९ वैशाख, काठमाण्डौँ । नेपालमा आज थप १० जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ । प्राप्त जानकारी अनुसार कपिलबस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । आज फेला परेका नयाँ संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या एक सय २० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । आज फेला परेको कोरोना संक्रमित सबै कपिलवस्तु यशोधरा गाँउपालिका–५ र बुद्वभुमि नगरपालिका–७, र १० नम्बरका रहेका छन् ।
संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
कपिलवस्तुमा यसअघि पनि ५ जना कोरोना संक्रमित फेला परेका थिए । योसँगै कपिलबस्तुमा मात्रै कोरोनासंक्रमितको संख्या १५ पुगेको छ ।
यसैगरी बाँकेसमेत गरी प्रदेश नम्बर ५ मा ३९ जना फेला परेका छन् । बाँकेमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
आज १० नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।