संसद सचिवालयमा दर्ता भएन महन्थ ठाकुरको संविधान संशोधन विधेयक

संसद सचिवालयमा दर्ता भएन महन्थ ठाकुरको संविधान संशोधन विधेयक


१६ जेष्ठ, काठमाण्डौँ । संघीय संसद सचिवालयले जनता समाजवादी पार्टी, नेपालको संविधान संशोधनसम्बन्धी छुट्टै प्रस्ताव दर्ता गर्न अस्विकार गरेको छ । संसद महासचिव डा. भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेर मात्रै प्रस्ताव दर्ता गर्ने वा नगर्ने भन्नेबारे निश्कर्षमा पुग्ने भएकोले आज दर्ता गर्न असमर्र्थ रहको जनाएका थिए ।

महासचिव गौतमले आफूहरुलाई आउने आईतबार बोलाएका जसपाका नेता केशब झाले जानकारी दिनुभयो । संविधान संशोधनसम्बन्धी छुट्टै प्रस्ताव लिएर जसपाका नेताहरु आज अपरान्ह संघीय संसद सचिवालय पुगेका थिए । त्यसको लागि सांसदहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, पूर्वमन्त्री तथा सांसद मोहम्मद ईस्तियाक राई, प्रदेश सांसद मनिष सुमन, नेता केशब झालगायत गएका थिए ।

राजपा नेताहरूले लामो समय संसद सचिवालयका कर्मचारीहरूसँग छलफल गरे पनि अन्तमा विधेयक दर्ता भएन । संसद सचिवालयले विधेयक दर्ता नहुनुको कारण खुलाएको छैन ।

‘उहाँहरूले विधेयकको एक प्रति छोडेर जानुभएको छ । संविधान संशोधनजस्तो कुरा भएकाले हामी यसमा थप हेर्छाैं,’ संसदका महासचिव भरत गौतमले भन्नुभयो ।

ठाकुरले दर्ता गर्न चाहेको संविधान संशोधन विधेयक भाषा, वैवाहिक अंगीकृत नागरिकता, प्रदेश सीमांकन र राष्ट्रिय सभामा प्रतिनिधि छान्ने विषय समावेश गरेका थिए । ‘हामीले विगतमा नेपाली कांग्रेस र माओवादी सरकारमा भएका बेला ल्याएको विधेयक नै ल्याएको हो’ ठाकुरले भन्नुभयो, ‘पहिला फरम्याट मिलेन भन्नुभयो । पछि कहाँबाट के आयो कुन्नी ।’

प्रतिक्रिया:

सम्बन्धित खवर