२६ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराई नै हुने पार्टीका नेताहरुले स्पष्ट पारेका छन् ।
निर्वाचन आयोगमा पार्टी दर्ता गराउदाँ हिजो उहाँको नाम चौथो नम्मरमा रहेकाले उहाँको भूमिका माथी प्रश्न उठिरहेका बेला संघिय परिषद्को अध्यक्ष उहाँ नै हुने पार्टीका नेताहरुले स्पष्ट परेका हुन् ।
पार्टीका प्रभावशाली नेता राजेन्द्र महतोले डा. भट्टराईलाई संघिय परिषद्को अध्यक्ष बनाउने सहमती यसअघि नै भएको र त्यो कायमै रहेको जानकारी दिनुभयो ।
उहाँले पार्टी दर्ताका लागि सजिलो बनाउन डा. भट्टराई चौथो नंम्मरमा बस्न तयार भएको बताउनुभयो ।
महतोले भन्नुभयो, “उहाँकै उदारतामा उहाँलाई चौथो नम्मरमा राखिएको हो, त्यसको लागि उहाँलाई धन्यवाद दिनु पर्दछ । ठूलो मिसन बोकेको र प्रधानमन्त्री भइसकेको व्यक्तिलाई अन्य पद गौण हुन्छ, त्यसैले उहाँले उदारता देखाउनु भएको हो । ”
बरिष्ठता, सन्तुलन र पार्टीको समान हैसियतका आधारमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष बनाइएको र समावेशिताका लागि अशोक राईलाई तेस्रो बरियतासहित बरिष्ठ उपाध्यक्ष बनाएको महतोले बताउनुभयो ।
सवै जाति र क्षेत्रका जनताको पाटी हो भन्ने सन्देश दिन पनि राईलाई बरिष्ठ उपाध्यक्ष बनाइएको महतोको भनाई छ । उहाँले पार्टीको आगामी बैठकले भट्टराईलाई संघिय परिषद् अध्यक्ष र आफुलाई संसदीय दलको नेतामा नियुक्त गर्ने सहमती भएको पनि दाबी गर्नूभएको छ ।
तत्कालिन राजपाका नेताद्धय राजकिशोर यादव र अनिल झा एकिकरणका कुनैपनि गतिविधिमा संलग्न नभएको विषयमा आफुलाई थाहा नभएको महतोको जवाफ थियो ।
नेता महतोले साना अन्य पार्टीहरुसँग पनि एकिकरणका लागि कुराकानी भइरहेको र जति सक्दो धेरै पार्टीहरु एकिकरण गरेर देशको बैकल्पीक शक्ति बनाउने अठोट व्यक्त गर्नुभयो ।
जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा हिजो साझ दर्ता भएको थियो ।
निर्वाचन आयोगको दर्ता नम्बर १३९२ मा जनता समाजवादी पार्टी दताए भएको छ ।
उक्त पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष गरि दर्ता भएको छ ।
सरकारले दल फुटाउन सहज हुने गरी बैशाख ८ गते राजनीति दल सम्बन्धी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते पार्टी एकताको सहमति भएको थियो ।