आज थपिए ४२५ जना कोरोना संक्रमित, निको हुनेको संख्या ९७४ पुग्यो

आज थपिए ४२५ जना कोरोना संक्रमित, निको हुनेको संख्या ९७४ पुग्यो


३२ जेष्ठ, काठमाण्डौँ । बितेको २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आजको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेको छ । जसमा पुरुष ५३२४ र महिला ४३६ रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् ।

जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ । निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको गौतमले जानकारी दिए ।

यता प्रदेश १ मा मात्र आज २७ कोरोना संक्रमित थपिएका छन् ।

रतुवामाई नगरपालिका– ८ सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका ५३ मध्ये २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमितमध्ये २२ जना भारतबाट आएका हुन् । तीन जना नेपालकै अन्य स्थानबाट आएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोषकुमार साहले जानकारी दिनुभयो ।

विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै मोरङमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ ।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकामा १ जना र सुनसरीको रामधुनी नगरपालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ सय ७१ पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर