४ श्रावण, काठमाण्डौँ । नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
जसअनुसार काठमाडौंका १ र ललितपुरका २ गरी थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६.२४ प्रतिशत निको भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको छ ।
यसैगरी हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिनुभयो ।
यस्तै नेपालको कुल जनसंख्याको १ प्रतिशत व्यक्तिमा कोरोनाभाइरसको पिसिआर विधिबाट परीक्षण भएको छ । सरकारले यसअघि कुल जनसंख्याको २ प्रतिशतमा परीक्षण गर्ने जनाएको थियो ।
तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ६ सय ३४ छ ।
जसमध्ये ३ लाख ११ हजार ८ सय २९ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । यो भनेको कुल जनसंख्याको १.०३ प्रतिशत हो ।
तीन लाख बढीको पिसिआर परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ छ । जसमा ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६ सय ३७ जना निको भएका छन् । अर्थात आधाभन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन् ।
पछिल्लो एक साताको संक्रमण दर हेर्दा पनि संक्रमण हुने भन्दा निको हुने बढी छन् । शनिबार ५७ जना मात्र संक्रमित थपिँदा १०३ जना निको भए ।
सार्क सदस्य राष्ट्रहरूमा प्रति दश लाखमा पिसिआर परीक्षण गर्नेमा नेपाल माल्दिभ्स र भुटानपछि तेस्रो स्थानमा छ । नेपालले प्रति १० लाखमा १० हजार ६ सय ९९ जनाको परीक्षण गरेको छ । नेपालभन्दा पछि रहेको भारतले प्रति १० लाखमा ९ हजार ७ सय ३० जनाको परीक्षण गरेको छ ।