१३ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको टकराव उत्कर्षमा पुगेको बेला त्यस्लाई साम्य पार्न बामदेव गौतमले ६ बुँदे प्रस्ताव ल्याएका छन् ।
नेकपाका प्रभावशाली नेता गैतमले दुवै अध्यक्षलाई सहमतिको बिन्दु तयार गर्ने गरी प्रस्ताव ल्याएका हुन् । बामदेवले केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्रीको जिम्मेवारीमा रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने गरी सहमति बनाउन प्रस्ताव गरेका छन् । यसमा सहमति गर्न उनले ओली र प्रचण्ड दुवैलाई प्रस्ताव गरेका छन् ।
बामदेवको सहमतिको प्रस्तावमा सरकारका कतिपय निर्णयहरु पार्टीसँग परामर्श गर्ने विषय समेत उल्लेख छ । विशेषगरी सरकारका महत्वपूर्ण निर्णयहरु पार्टीमा छलफल गरी तय गर्ने गरी मापदण्ड बनाउने उल्लेख छ ।
मन्त्रिपरिषद्को पुर्नगठन र संवैधानिक नियुक्तिहरु सहमतिमा गर्ने विषय पनि उल्लेख छ । अख्तियार देखि संवैधानिक निकायमा आयुक्त तथा सदस्यहरुको पद खाली छ । त्यसमा पनि नेकपाभित्र कुरा मिल्न सकेको छैन । यसलाई मिलाएर प्याकेजमै सहमति गर्ने बामदेवको प्रस्ताव रहेको छ ।
नेकपा एक नेताका अनुसार गौतमले ६ बुँदे यो प्रस्ताव औपचारिक बैठकमा नराखेको तर नेताहरुलाई दिएको स्वीकार गरेका छन् ।