१३ श्रावण, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक सुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बैठक सुचारु गरेको स्रोतले जनाएको छ ।
यसअघि दाहालले प्रधानमन्त्री तथ अध्यक्ष ओलीसँग भेट गरेको पनि स्रोतले बताएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा ओलीसहित उनी निकटका स्थायी समिति सदस्यहरुको सहभागिता रहेको छैन । यद्यपी स्थायी समितिमा रहेका बहुसंख्यक सदस्यहरुको सहभागिता रहेको बताईएको छ ।
बैठकअघि ओलीसँग प्रचण्डसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए । तर कुरा नमिलेपछि प्रचण्डको अध्यक्षमा बैठक बसेको हो ।
बैठक सुरु हुनुअघि प्रचण्डले स्थायी समिति सदस्यहरुसँग आन्तरिक छलफल समेत गरेका थिए भने सो क्रममा प्रचण्डले बैठक स्थगितबारे आफूलाई कुनै जानकारी नरहेको बताएको एक नेताले जानकारी दिए ।
यस अघ पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्री ओली पक्षकाले स्थायी कमिटीको बैठक स्थगित गरेका थिए ।
यता नेकपाका युवा नेता योगेश भट्राईले भने पार्टी दुर्घटना नजिक पुगेको भन्दै सबैलाई संम्यमता अपनाउन आग्रह गरेका छन् । उनले आफ्नो आधिकारी फेसबुक पेज मार्फत केही समय अगाडी सो कुरो सार्वजनिक गरेका हुन् ।
माधम नेपाल खेमाबाट पर्यटन मन्त्री बनेका भट्राई पछिल्लो समय पार्टीको आन्तरिक विवाद सामाधनका लागि मध्यस्थकर्ताको भुमिकामा देखिने गरेका छन् ।