दक्षिण कोरियाका राष्ट्रपतिले आपतकालीन मार्शल लको घोषणा गरे,

    दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार रातिको एक अघोषित टिभी सम्बोधनमा मार्शल लको घोषणा गर्नुभयो, देशको प्रमुख विपक्षी दल उत्तर कोरियाप्रति सहानुभूति र राज्य विरोधी गतिविधिको आरोप लगाउँदै। पछिल्लो पटक दक्षिण कोरियाली राष्ट्रपतिले सन् १९८० मा विद्यार्थी र मजदुर संघको नेतृत्वमा भएको राष्ट्रव्यापी विद्रोहको क्रममा मार्शल लको घोषणा गरेका थिए।आश्चर्यजनक घोषणामा, उनले संसदमा बहुमत भएको विपक्षी डेमोक्र्याटिक पार्टीले शीर्ष अभियोजकहरूलाई महाभियोग लगाउन र सरकारी बजेट प्रस्ताव अस्वीकार..

सुपारी बिक्रि नहुदा झापाका किसान चिन्तित

१८ मंसिर, झापा । झापामा उत्पादन भएको सुपारीले बजार नपाउदा किसानहरु चिन्तित बनेका छन् । हरेक वर्ष व्यापारीहरुको भीडभाड हुने झापा मेचिनगरको सुपारी बगानमा यतिवेला सुनसान छ । भदौं अन्तिमदेखि असोज १५ सम्म बोटबाटै विक्री हुने सुपारी खरिद गर्न व्यापारीहरु देखा परेका छैनन् । फूल लाग्दै विक्री हुने सुपारी मंसिरको दोस्रो सातासम्म व्यापारी नआउँदा किसान चिन्तित बनेका छन् । झापामा ७० हजार परिवारको बगानमा सुपारी अलपत्र परेको छ । बगानमा..

झापाका चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र निर्माण हुँदै

१८ मंसिर, झापा । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत झापा जिल्लाका चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र धमाधम निर्माण भइरहेको छ । अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति र कनकाईको साझेदारीमा अर्जुनधारा नगरपालिका–१ मा निर्माणाधीन उक्त परियोजनाको कुल लागत रु पाँच करोड २० लाख रहेको छ । स्वीस सरकार र कोशी प्रदेश सरकारले परियोजनालाई सहयोग गरेका छन् । उक्त एकीकृत विपद् व्यवस्थापन केन्द्रमा प्रहरीको युनिटसहित चारवटा दमकल, एउटा शववाहन, प्रहरी वाहन र तीनवटा..

कोशी प्रदेशको नवनियुक्त आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भएका नेकपा एमालेका रेवतीरमण भण्डारीले शपथ लिएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमा नियुक्त गरेसँगै उनलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी यस अघि संविधान सभा सदस्य समेत थिए । नेकपा एमालेको भागमा परेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीमा रहेका लीलावल्लभ अधिकारी जापान..

सिरिजङगा ३ को वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी

१७ मंसिर, ताप्लेजुङ । सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् । माओवादी केन्द्रका अम्बि साउदेनलाई १०२ मत अन्तरले पछि सावदेन विजयी भएकी हुन् । कुमारीले ३ सय ५३ मत प्राप्त गर्दा अम्बीले २ सय ५१ मत प्राप्त गरे । कुमारी र अम्बी चेली माइती पनि हुन् । नेपाली कांग्रेसका भिम लक्समले २ सय १८ मत पाए । १ हजार ५ सय २८ मतदाता..

एकै दिन झापाका तिन ठाउँमा आगलागी

१६ मंसिर, झापा । झापाको तीन ठाउँमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक, अर्जुनधारा र झापा गाउँपालिकामा आगलागी भएको हो । गएराति १२.१५ बजे दमक – १ रवि स्ट्यान्ड बस्ने शिव राईको अढाई तले घरको भुइँतलामा किराना ,कस्मेटिक र खाद्यान्न पसल सञ्चालन गरेका ४३ वर्षीय रामकिशोर साहको पसलमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण किराना सामान, कस्मेटिक सामान, खाद्यान्न सामान, झ्याल, ढोका,..

राष्ट्रपतिसँग भेटेर प्रधानमन्त्रीले गराए चीन भ्रमणको जानकारी

१५ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा भएको भेटमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले छलफल गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले पनि प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको उनको सचिवालयले बताएको छ । उनी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लिएर राष्ट्रपति पौडेललाई भेट्न पुगेका थिए । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् । उनले आफ्नो..

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

काठमाडौँ ।  जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ । सोमबार प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । जापानमा आयोजित इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा अधिकारीसहित चार जना कात्तिक ११ गते जापान गएका थिए ।..

आत्मानन्द गोल्डकप आजबार सुरु हुँदै

माङसेबुङ । इलामको माङसेबुङमा १७औं संस्करणको आत्मानन्द गोल्डकप आज (आइतबार) सुरु हुँदैछ । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औं जन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा अवसरमा प्रतियोगिता हुन लागेको हो । माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका ८ फुटबल टिम सहभागी हुनेछन् । आयोजक आत्मपवित्र खेलकुद समिति अध्यक्ष मनकुमार आङ्बुहाङका अनुसार आयोजक युथ अफ माङसेबुङ, पाँचथरको तिजोक युवा क्लब, झापाको दूधे युथ क्लब, झापाकै चुलाचुली..

दमकमा हात्तीको आक्रमणमा परेर भण्डारीको मृत्यु

२ कार्तिक, झापा । जंगली हात्तीको आक्रमणमा परेर झापाको दमकमा आज विहान एक जना युवकको ज्यान गएको छ । ज्यान जानेमा दमक ३ स्थित दिपज्योति टोलका ४५ बर्षिय मीनबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज बिहानको राति २ बजेको समयमा दिपज्योती टोलका सुविन भट्टराईको भान्सा घर हात्तीले भत्काउन थालेपछि हात्ती धपाउन आएका छिमेकी भण्डारीको हात्तीको आक्रमणमा परेर ज्यान गएको हो । हात्ती धपाउन खोज्दा..