झापाको दुधेमा प्रदेशकै ठूलो चसोक तङ्नाम सम्पन्न, ५ जना डाक्टर सम्मानीत

झापाको दुधेमा प्रदेशकै ठूलो चसोक तङ्नाम सम्पन्न, ५ जना डाक्टर सम्मानीत

१ पौष, झापा । झापाको शिवसताक्षीमा कोशी प्रदेश कै ठूलो चासोक तङ्नाम (न्वागी पर्व) धूमधामसँग मनाइएको छ । लिम्बू समुदायले आफ्नो महान् पर्वका रूपमा यो पर्व मनाएका हुन् ।

किराँत लिम्बू समुदायले विविध मौलिक सांस्कृतिक गतिविधिसहित चासोक तङ्नाम मनाएका छन् । नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न (खान थाल्ने) सुरु गर्ने समयको रूपमा चासोक तङ्नाम मनाएको लिम्बू समुदायले जनाएका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ चाड वा पर्व हुन्छ ।

पूर्वको १४ जिल्लाका लिम्बू समुदायले नयाँ बाली भित्र्याएको खुसीयालीमा चासोक तङ्नाम धूमधामसँग मनाएका छन् । झापा शिवसताक्षीको दूधेमा इलाम, पाँचथर, मोरङ्ग, झापा, सुनसरी लगायत जिल्लाबाट चासोक तङ्नाम मनाउन लिम्बु समुदायका मानिसहरु मौलिक भेषभुषासहित आएको आयोजक याक्थुङ चुम्लुङका अध्यक्ष विरबल जवेगुले जानकारी दिनुभयो ।

चासोक तङ्नामको आइतवार संघीय सांसद एलपी साँवा लिम्बुले उद्घाटन गर्नुभएको थियो । उद्घाटनका क्रममा सांसद साँवाले लिम्बु समुदायको मौलिका पर्वको रुपमा मानिदै आएको चासोक तङनाम पर्व पहिले घर घरमा मनाउने गरेको बताउनुभयो । आफ्नो भाषा, संस्कृतिको विकास गर्ने क्रममा यसलाई सामाजिकरण गर्दै घर बाहिर सामुहिक रुपमा मनाउन थालिएपछि शिवसताक्षीमा यो पर्व साझा पर्वको रुपमा मनाउन थालिएको उहाँले बताउनुभयो । सबै भाषा, धर्म र संस्कृति मान्ने मानिसहरु पनि चासोक पर्वमा उपस्थित भएर आफ्नो सहभागिता जनाउनु भएको छ ।

कार्यक्रममा लिम्बूले समुदायका नागरिकले आफ्नो मौलिक भेसभुसा र पहिरन लगाएर सहभागी भएका थिए भने अन्य समुदायका नागरिक समेत चासोक तङ्नाममा सहभागी थिए । याःलाङ (धान नाच), केःलाङ (च्याब्रुङ नाच), हाक्पारे, ख्याली (मौलिक गीत) जस्ता लिम्बूको संस्कार–संस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुतिसहित चासोक तङ्नाम मनाएको चासोक पर्व मेला संयोजक अग्नी राईले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल कै ठूलो धाननाच समेत गरिएको छ । रंगशालाको ठूलो क्षेत्रफलमा तीन ओटा घेरा बनाई धान नचाइएको आयोजकले जनाएको छ ।

चासोक तङ्नामकै अवसर पारेर शिवसताक्षी निवासी यसै नगर भित्रबाटै अध्ययन सुरु गरी डाक्टर बन्नु भई देशका विभिन्न स्थानहरुमा स्वास्थ्य सेवा प्रवाह गरिहेका ५ जनालाई सम्मान गरिएको छ । लिम्बु समुदायबाट डाक्टर बन्न सफल डा. दिनेश नाल्बो, डा. मदन नेम्वाङ्ग, डा. सम्भुसेन तुम्बापो, डा. खुस्बु आङ्दाम्बे, डा. यागेश चेम्जोङलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर