मुख्य समाचार
मेटमणि चौधरीले दिएको अभिव्यक्ति घोर राष्ट्रियता विरोधी छ; झलनाथ खनाल
१ भदौ, काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीले कालापानी, लिपुलेकका विषयमा दिएको अभिव्यक्ति घोर राष्ट्रियता विरोधी भएको भन्दै कारबाहीको माग गरेका छन् । उनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै चौधरीविरुद्ध कारबाहीको माग गरेका हुन् । चौधरीको अन्तरवार्ता आफूले सुनेको र त्यहाँ दिइएको अभिव्यक्ति भारतीय नागरिक बोलिरहेको कि नेपाली भन्दै खनालले आक्रोश समेत गरेका छन् । यस विषयमा आम कार्यकर्ता, समर्थक र सुभेच्छकहरूमा..
संसदीय समितिको किटान: सहकारीको बचत अपचलनमा रवि जिम्मेवार, कारबाही सिफारिस
३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेको छ । समितिका सभापति सूर्य थापाले सोमबार सभामुख देवराज घिमिरेसमक्ष पेश गरेको प्रतिवेदनको सुझाव तथा सिफारिस खण्डमा सहकारीको रकम अपचलनमा रविको भूमिका देखिएको उल्लेख छ । पहिले प्रतिवेदनमा लेखिएको भाषा हेरौं । प्रतिवेदनमा उल्लेख छ : ‘….सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि..
गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला
२८ भदौ, झापा । बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ । बिर्तामोड ६ स्यालडागीस्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ । छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि–स्टेटको कम्पाउन्ड वाल बाहिर नेकपा (माओवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ । स्थानीयले बम बिस्फोट भएको खबर प्रहरीलाई गरेका थिए । आज..
दयाहाङ राई समुदायको हिरो की नेपालीको ?
२७ भदौ, काठमाण्डौँ । अभिनेत्री पूजा शर्माले ६ महिना अगाडि दिएको अन्तरवार्ताको एउटा क्लीप अहिले भाइरल छ, जसमा उनले ‘सामुदायिक एकता’ को विषयमा टिप्पणी गरेकी छन् । अभिनेता दयाहाङ राईलाई आफ्नो समुदायले टेवा दिएको तर आर्यन समुदायमा त्यस्तो ‘युनिटी’ नरहेको निष्कर्ष उनको छ । एक युट्युब पोडकास्टमा उनले भनेकी थिइन्, ‘हामीहरुको फिल्म विदेशमा बिक्न कति गाह्रो छ । तर, दया दाइहरुको फिल्महरु के हुँदो रहेछ भने कस्तो मज्जाले उनीहरुको युनिटी..
कित्ताकाट खुलाउने तयारीमा सरकार
२४ भदौ, काठमाण्डौँ । देशभरका अधिकांश स्थानीय सरकारले भू-उपयोग नीति नबनाउँदा ती पालिकामा जग्गा कित्ताकाट रोकिएको छ । संघीय सरकारले १ वर्षको समय सीमा दिएर सबै पालिकाहरूलाई जग्गा वर्गीकरण गर्न भनेको थियो । तर, अधिकांशले यसलाई पालना गरेनन् । कित्ताकाट ठप्प भएसँगै सरकारले पुनः पालिकाहरूलाई जग्गा वर्गीकरणको समय थप गर्न भू-उपयोग (पहिलो संशोधन) नियमावली, २०८० संशोधन गर्ने तयारी गरेको मन्त्रालय भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अधिकारीको भनाइ छ । कित्ताकाट..
चेक बाउन्स मुद्दामा १ महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने
२३ भदौ, काठमाण्डौँ । चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो । १५ लाखसम्मको चेक अनादरमा १ महिना कैद,..
निजी अस्पतालमा पनि बीमाको सुविधा दिनुपर्ने स्वास्थ्य मन्त्रीको भनाई
२२ भदौँ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको सुनाए । सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्न लागिएको उनको भनाइ छ । त्यसका लागि बीमा बोर्ड..
क्रिप्टो कारोबारीलाई ५० लाख लिएर छोडेको खुलासा, प्रहरी हवल्दारमाथी अनुसन्धान सुरु
२२ भदौ, काठमाण्डौँ । काठमाडौं प्रहरी परिसरले क्रिप्टोकरेन्सी कारोबारीबाट ५० लाख रूपैयाँ लिएर पक्राउ परेका आरोपी छोडेको खुलेको छ । क्रिप्टोकरेन्सी कारोबारको आरोपमा गत शुक्रबार पक्राउ गरेर एक आरोपीबाट ५० लाख रूपैयाँ लिएर आइतबार छोडेको खुलेको हो । बिचौलियामार्फत परिसरको मुद्दा शाखामा कार्यरत सहायक हवल्दार गणेश खड्कासम्म रकम पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार हवल्दार खड्कालाई थुनामा राखेर आन्तरिक अनुसन्धान सुरु गरिएको छ ।..
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत
२० भदौ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको हो । ओली न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जानका लागेका हुन् । ओली असोज ५ गते अमेरिकातर्फ प्रस्थान गर्ने तय भएको छ । उनी असोज १५ गते स्वदेश फर्किने छन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य,..
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री केदार कार्कीबिच शीतयुद्ध
२० भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री केदार कार्कीबिच शीतयुद्ध चर्किएको छ । एकले अर्को पक्षलाई आरोप लगाउने र खण्डन गर्ने कुरामा दुई नेताको सचिवालय केही दिनदेखि सक्रिय छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले आफ्नो पालामा आएको बजेटमा उल्लेख भएको निःशुल्क बालबालिकाको उपचार अहिले बन्द गरेको, स्वयंसेविकाहरूलाई दिइँदै आएको प्रोत्साहन रकम काटेको, विराटनगरमा उद्घाटन गरिएको शैलजा आचार्य हृदयरोग अस्पतालमा बजेट नदिएको, कडा रोग लागेकाहरूको सहुलियत रकम भुक्तानी..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७