मुख्य समाचार
पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा
काठमाडौँ । यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त दिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश..
झापाको शिवसताक्षीमा रैथाने १०७ जातका धान संरक्षण
२६ मंसिर, झापा । झापाको शिवसताक्षीमा रैथाने १०७ जातका धान संरक्षण गरिएको छ । शिवसताक्षीको वडा नं. ७ चन्द्रडाँगीमा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने १२० प्रजातिका धान संरक्षण गरेको हो । जैविक विविधता संरक्षणले यस वर्ष १०७ प्रजाति धानहरु एकै ठाउँमा फलाएर विउको संरक्षण गरेको जनाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको तीन कठ्ठा जग्गामा विभिन्न प्रजातिका धान फलाइएको कञ्चन जैविक विविधता संरक्षण विकास..
बाक्लु हुस्सुका कारण पूर्वी क्षेत्रका विमानस्थलमा उडान ठप्प
काठमाडौँ । बाक्लु हुस्सुका कारण पूर्वी क्षेत्रका अधिकांश विमानस्थलमा मध्याह्न कबिर १२ बजेसम्म उडान, अवतरण हुन सकेको छैन । तोकिएको समयमा उडान हुन नसकेपछि काठमाडौँ विमानस्थलमा यात्रुको भीड लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जनकपुर, सिमरा, भद्रपुर, विराटनगर लगायत विमानस्थलमा उडान, अवतरण हुन सकेको छैन । पश्चिमको सुर्खेत विमानस्थल पनि हुस्सुका कारण यतिबेलासम्म ठप्प छ । अहिले धनगढी, पोखरा, नेपालगञ्ज, भरतपुर र भैरहवामा उडान भइरहेको छ ।
पछि परेका समुदायलाई शिक्षा र रोजगारीको सहज पहुँच दिईने प्रधानमन्त्रीको भनाई
२४ मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन् । झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि पारिएको जनता लक्षित साना–साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताए । प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई समसामयिक एवं आधुनिक सोचका साथ..
दमक आएर ओलीले सम्झिए परमादेशबाट सत्ताच्युत भएको घटना
२४ मंसिर, झापा । खाने पानी आयोजना उद्घाटन इगर्न गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट सत्ताच्यूत भएको घटना स्मरण गरेका छन् । सोमबार गृह जिल्ला झापाको दमकस्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले ०७८ सालमा सर्वोच्चको परमादेशबाट आफू हटेको स्मरण गरेका हुन् । ०७८ जेठ ८ गते गरेको दोस्रो संसद विघटनलाई उल्ट्याउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासले..
सहकारी ठग्नु जस्तो देश चलाउन सजिलो छैनः प्रधानमन्त्री ओली
२३ मंसिर, झापा । सहकारी ठग्नु जस्तो देश चलाउन सजिलो नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । झापाको दमकमा निर्माण सम्पन्न भएको दमक कमर्सियल कम्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश चलाउन विचार, सिद्धान्त, निष्ठा, त्याग र ईमान्दारी आवश्यक रहेको बताउनुभयो । पुर्व टेलिभिजन कार्यक्रम प्रस्तोता समेत रहेका रास्वपा सभापती रवि लामिछाने तर्फ इंगित गर्दै प्रधानान्त्री ओलीले भन्नुभयो “सहकारी ठग्नु जस्तो देश चलाउन कहाँ सजिलो छ र ! देश..
दमक व्यापारीक कम्लेक्सको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
२३ मंसिर, झापा । झापाको दमक ३ मा निर्माण सम्पन्न भएको दमक कमर्सियल कम्लेक्सको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उद्घाटन गरेको यो व्यापारिक भवन १ सय मिटर अग्लो १८ तले रहेको छ । उपप्रधानमन्त्री समेत रहनुभएका शहरी विकाश मन्त्री प्रकाशमान सिंहको अध्यक्षमा र प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको यस कम्लेक्सको कुल लागत एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँ रहेको छ । सरकारले..
दमक बिजनेस कम्प्लेक्सको निर्माण कार्य सम्पन्न, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन हुने
२१ मंसिर, झापा । झापाको दमक ३ मा निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको दमक भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को उद्घाटन हुने भएको छ । स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योल सिर्जना भइरहेको समयमा यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो । आँउदो मङ्सिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम तय भएको..
इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँईचो, होटल र होमस्टे भरिभराउ
१९ मंसिर, इलाम । इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् । सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले..
झापामा दिर्घ रोगीको संख्या बर्षेनी बढ्दै
१९ मंसिर, झापा । झापामा पछिल्ला बर्षहरुमा नसर्ने रोगीको संख्यामा बृद्धी हुँदै गएको तथ्याङ्कले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार गतआर्थिक वर्षमा नसर्ने रोग अघिल्लो आर्थिक वर्षभन्दा बढेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलका अनुसार झापामा उच्च रक्तचापका बिरामी धेरै रहेका छन् । गतआर्थिक २०८०।०८१ मा २३ हजार ९५० जना उच्च रक्तचापका विरामी फेला परेका थिए । अघिल्लो आर्थिक वर्ष २०७९।०८०को ३५ प्रतिशतले..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७