६ पौष, झापा । कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिहं हाङगामले गत आर्थिक वर्षसम्म प्रदान गरिदैं आएको कृषि अनुदानलाई हटाएर चालू आर्थिक वर्षदेखि व्याजमा अनुदान व्यवस्था गरिएको बताउनुभएको छ । झापाको दमकस्थित दाहाल प्रतिष्ठानको सभाहलमा सम्पन्न नेपाल डेरी एसोसिएशन कोशी प्रदेशको छैंटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री हाङगामले बालबालिकालाई दुध सेवन गराएर कार्यक्रमको उद्घाटन गर्दे सो कुरा बताउनुभएको हो ।
कोशी प्रदेश सरकारले कसैलाई काखा र कसैलाई पाखा नगरेको भन्दै प्रदेशका सबै उद्योगी र व्यवसायीहरु सरकारकालागी समान भएको बताउदै कृषकका समस्या साझा समस्या भएकाले त्यसलाई समाधान गर्न कोशी प्रदेश सरकार लागिरहने मन्त्री हाङगामले प्रतिवद्धता जनाउनुभयो ।
नेपाल डेरी एसोसिएशन कोशी प्रदेश कमिटीका अध्यक्ष गंगा खड्काले समग्र कोशी प्रदेशको दूध उत्पादक किसान, उद्योगी र बजारीकरणका बारेमा तयार परिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।