नेपालको आफ्नै रेल जनकपुर प्रस्थान गर्दै (फोटो हेर्नुहोस्)

नेपालको आफ्नै रेल जनकपुर प्रस्थान गर्दै (फोटो हेर्नुहोस्)

२ असोज, जनकपुरधाम । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको छ । भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभएको छ ।

दुई वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ ।

एक इन्जिन र चार वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

विभागका महानिर्देशक मिश्रले रेलको फोटो आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।

फोटोः बलराम मिश्रको फेसबुकबाट साभार

प्रतिक्रिया:

सम्बन्धित खवर