नेपाली कांग्रेस महासंकटमा !

५ फाल्गुन, काठमाण्डौँ । आज नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ मिति र भावी आन्दोलनको स्वरुपको बारेमा छलफल हुनेछ । गत असार महिनामा बसेको केन्द्रीय कार्य समितिको बैठकले यही फाल्गुन ७ देखि १० सम्म पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर कोरोनाको कहर, क्रियाशील सदस्यता वितरणमा देखिएको झमेला र विभिन्न जिल्लामा समायोजनमा उत्पन्न..

भागरथी हत्या प्रकरण अभियुक्त पक्राउ, बलात्कारपछि भीरमा लडाएर हत्या गरेको स्विकार

५ फाल्गुन, काठमाण्डौँ । बैतडीकी भागरथी भट्टको हत्याका अभियुक्त पक्राऊ परेका छन् । उनलाई पक्राऊ गरेको पुष्टि प्रहरीले गरेको छ । भागरथीको हत्या उनकै छिमेकी युवाले गरेको पत्ता लागेपछि उनलाई पक्राऊ गरिएको हो । ती युवकले भागरथीलाई भीरमा लडाएर बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनलाई आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ । भागरथीको परिवारसँग ती युवकको परिवारको सम्बन्ध बिग्रेको थियो । त्यसपछि उनीहरु गाउँबाट एक किलोमिटर पर..

निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा निर्वाचन आयोग

४ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधान नहुँदै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरेको छ । सरकारले आउदो वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ । तर, नेकपाको विवाद अझै पनि हल भएको छैन् । यस्तो अवस्थामा कसरी चुनाव होला ? भनेर चौतर्फी प्रश्न उठिरहेको छ । आयोग निकट उच्च स्रोतले जनाएअनुसार निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार भैसकेको छ ।..

सपना रोकालाई धम्क्याउने विनयजङ्ग बस्नेत पक्राउ

४ फाल्गुन, काठमाडौं । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएकी सपना रोकालाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोका संगै शव जलाउने विनयजङ्ग बस्नेत रहेका छन् । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले आज उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । काठमाडौंमा बेवारिसे शव..

हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस्ः प्रधानमन्त्री ओली

४ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । वसन्त पंञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गर्नुभएको हो । वैद्धिककालदेखि नै प्रज्ञा प्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा मनाइँदै छ । प्रधानमन्त्री ओलीले नागरीकको जीवनमा खुशी..

आज वसन्तपञ्चमीः राष्ट्रपतिद्धारा वसन्त श्रवण

४ फाल्गुन, काठमाण्डौँ । वसन्तपञ्चमीको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर वसन्त श्रवण गर्नुभएको छ । हनुमान ढोकाका मुल पुरोहितबाट उहाँले वसन्त श्रवण गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई पुरोहितले टीका तथा प्रसाद समेत प्रदान गर्नुभएको हो । बसन्त श्रवण गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतका उच्च पदस्थ व्यक्तिहरू हनुमानढोका पुग्नुभएको थियो ।

इजलासमा प्रधानन्यायाधीशको प्रश्नः यो सरकार केपी ओलीको हो कि नेकपाको ?

२ फाल्गुन, काठमाण्डौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वर्तमान सरकार कसको नेतृत्वको हो भनि इजलासमा प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आइतबारदेखि सुरु भएको रिट निवेदकतर्फको जबाफी बहसका क्रममा प्रधानन्यायाधीश राणाले अधिवक्ता डा. दीनमणि पोखरेललाई यसबारे प्रश्न गर्नुभएको हो । ‘अहिलेका प्रधानामन्त्री जो हुनुहुन्छ, केपी ओलीको सरकार हो कि नेकपाको सरकार हो ? इजलासमा राणालले प्रश्न गर्नुभएको थियो । जबाफमा पोखरेलले नेकपाको सरकार भएको बताउनुभयो । राणाले फेरि थप्नुभयो,..

विश्वका शक्तिशाली प्रेम–पत्र !

२ फाल्गुन, काठमाण्डौँ । युवा जनरल नेपोलियन बोनापार्टलाई विवाहको दुई दिनलगत्तै इटालियन सेनाविरुद्ध लड्न मोर्चामा जानुपर्याे । उनले लडाइँको मोर्चाबाटै आफ्नी पत्नी जोसेफिनलाई प्रेमपत्र लेखे– ‘जोसेफिन, तिमी मेरा लागि अतुलनीय छौं । तिमीबाट टाढा रहँदा जीवनको कुनै पनि आनन्दले मलाई छुँदैन । तिमीबाट अलग रहँदा सारा संसार मेरा लागि विशाल मरुभूमि बन्छ र त्यसको निर्जनतामा म एक्लै भौंतारिने गर्छु–आफ्नो अतृप्त आकांक्षाका साथ ।’ ‘मेरो प्राण जोसेफिनकै लागि हो । मेरी..

प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदैं

२ फाल्गुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओली आउदो फाल्गुन १६ गते गृह क्षेत्र आउनुहुने भएको छ । करिव एक बर्ष पछी प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउन लाग्नुभएको हो । अघिल्लो बर्ष फाल्गुनमा उहाँ दमक रवि सडक शिलान्यास गर्न गृह क्षेत्र आउनुभएको थियो । आउदो फाल्गुन १६ गते प्रधानमन्त्री ओलीले दमक र कमलमा बिभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार प्रधानमन्त्री..

प्रचण्डलाई ओलीको जवाफः जनसमर्थन कस्तो हुन्छ बुटवलमा हेर्न आउनुस्

१ फाल्गुन, बुटवल । काठमाडौंमा भएको प्रचण्ड–माधव पक्षको विरोधसभामा प्रचण्डले ‘जनसहभागिता हेर्न यहाँ आउनुस् केपीजी’ भनि दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ फर्काउनुभएको छ । उहाँले प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभाका लागि देशभरबाट मान्छे ओसारेपनि जनसहभागिता नदेखिएको दावी गर्नुभयो । बुटवलमा आज नेकपा ओली समूहले गरेको जनसभाका क्रममा ओलीले देशभरबाट नभइ प्रदेशस्तरको सभामा नै हजारौंको सहभागिता रहेको बताउनुभयो । ‘अस्ति ३ दिनअघि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अलीकति मान्छे..