नेपाललाई ‘अति कम विकसित’ राष्ट्रबाट ‘विकासशील’ राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस

१५ फाल्गुन, काठमाण्डौँ । संयुक्त राष्ट्र संघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको छ । राष्ट्र संघको विकास नीति समितिले पाँच वर्षको तयारी अवधि राखेर नेपाललाई अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि लैजाने सिफारिस गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । सो समितिले हरेक तीन वर्षमा गर्ने समीक्षाका लागि बैठक यही वर्षको फेब्रुअरी २२ देखि २६ सम्म बसेको र सो बैठकमा नेपालले स्तरोन्नतिका लागि..

सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे कारबाही गरिन्छः प्रमुख सचेतक भट्टराई

१५ फाल्गुन, काठमाण्डौँ । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गर्नुभएको छ । आवश्यक परे संसदमा देखाउन तयार रहेको उहाँको भनाइ छ । आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा रहेको भनेर बाहिर हल्ला चलाएको दावि गर्नुभयो । तर ओली बहुमतमा रहेको उहाँले दावि गर्नुभयो । संसद पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने उहाँले गरेको पनि उहाँले..

पुटिनका कट्टर आलोचक नाभाल्नीलाई अज्ञात स्थानमा लगियो

१४ फाल्गुन, काठमाण्डौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात स्थानमा लगिएको छ । नाभाल्नीलाई कहाँ लगिएको हो भन्ने कुराको जानकारी यस पटक सरकारले नदिएको उनका सहयोगीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनलाई अर्काे कुनै जेलमा लगिएको अनुमान गरिएको छ । यसै महिनाको सुरुवातमा अदालतले नाभाल्नीलाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला गरेको थियो । यसलाई राजनीतिक रुपमा प्रेरित भनिएको थियो । नाभाल्नी राष्ट्रपति..

प्रतिनिधिसभा पुनस्र्थापना पछि आज मन्त्रिपरिषदको बैठक बस्दै

१४ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना भएपछि मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बैठक बोलाइएको हा । आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको छ । गत फाल्गुन ११ गतेको सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।

सर्वाेच्च अदालतले देशलाई अनिश्चितताबाट जोगायोः जसपा अध्यक्ष यादव

१३ फाल्गुन, इलाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वाेच्च अदालतले मुलुकलाई राजनीतिक अस्थीरता र अनिश्चितता हुनबाट रोकेको बताउनुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका यादवले संघीयता, गणतन्त्र र लोकतन्त्र नै ध्वस्त पार्ने योजनाका साथ भंग गरिएको संसद पुनस्र्थापना गरेर सर्वाेच्च अदालतले आन्दोलन, अस्थीरता र अनिश्चितताबाट जोगाएको बताउनुभयो । जनता समाजवादी पार्टी इलामले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सर्वाेच्च अदालतले केपी ओलीको निरंकुश बन्ने सपनालाई रोकेको..

देशलाई समृद्ध बनाउने अभियानबाट पछि नहट्ने प्रधानमन्त्री ओलीको उद्घोष

१३ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने अभियानबाट आफू कहिल्यै पछि नहट्ने बताउनुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रलाई समृद्ध बनाउनु जरुरी रहेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र यान्त्रिकरणबाट उत्पादन बढाउन सकिने र कम जनशक्तिको प्रयोगबाट धेरै काम गर्न सकिने भएकाले त्यसतर्फ वर्तमान सरकार लागिरहेको बताउनुभयो..

छोरो नपाई कन्दी बाट्ने कुरा हुँदैनः रामचन्द्र पौडेल

१३ फाल्गुन, काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कांग्रेसले कुनै निर्णय नगर्ने बताउनुभएको छ । पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले संसदमा विषय आयो भने त्यहिँ कांग्रेसले आफ्नो पोजिसन प्रष्ट पार्ने बताउनुभयो । पौडेलले भन्नुभयो, ‘छोरो नपाई कन्दी बाट्ने कुरा हुँदैन । नेकपाको कुरा के हो ? उनीहरु विभाजन भएका हुन् कि होइनन् ? यसबारेमा प्रष्ट हुनुपर्छ । भोलि संसदमा विषय आयो..

केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्छः प्रधानमन्त्री ओली

१० फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्ने उद्घोष गर्नुभएको छ । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको र मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा..

मेलम्ची खानेपानीको सुरूङमा पानी हालेर परीक्षण शुरु गरियो

१० फाल्गुन, काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आजबाट फेरि पानी भर्न थालेर परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण थालेको आयोजनाले बताएको छ । खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्व कानुन मन्त्री शेर बहादुर तामाङलगायतको टोलीले आज स्विच थिचेर पानी भर्ने..

आर्थिक गतिविधि लयमा फर्कदैंः बैंकमा तरलता अभाव हुने संकेत

९ फाल्गुन, काठमाण्डौँ । पछिल्लो समय तरलता अभाव (लगानीयोग्य रकम)को हुने संकेत देखिएको छ । यसबाट बैंकहरुले प्रवाह गर्ने ऋणबाट आर्थिक गतिविधि लयमा फर्कन थालेको प्रष्ट हुन्छ । ऋण प्रवाह यही अनुपातमा भए क्रेडिट क्रन्चको सम्भावना नजिकिदै जाने देखिन्छ । नेपाल राष्ट्र बैंकमा पुस मसान्तसम्म दुई खर्ब अधिक तरलता (एक्सेस लिक्विडिटी) रहेकोमा भण्डै एक महिनाको अन्तरालमा सवा एक खर्बको तरलता बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता..