कोरोना रोकथामका लागि झापाका ८ स्थानिय तहका जनप्रतिनिधीहरुको बैठक सम्पन्न

कोरोना रोकथामका लागि झापाका ८ स्थानिय तहका जनप्रतिनिधीहरुको बैठक सम्पन्न

१२ वैशाख, झापा । झापाका ८ वटा स्थनिय तहका प्रमुख तथा उपप्रमुखहरुको बैठक आज मेचीनगर नगरपालिकामा सम्पन्न भएको छ ।
भौतिक दुरी कायम राख्दै संयुक्त रुपमा स्थनियतहहरुले कोभिड–१९ बाट उत्पन्न कोरोना भाइरस नियन्त्रण तथा राहत वितरणलगायतका विषयमा छलफल गरेको हो ।

छिमेकी राष्ट्र भारतमा बढ्दो संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या बढेसँगै थप समस्या बढ्दै गएको छ । सोही कुरोलाई समेत ध्यानमा राखेर संक्रमण रोकथाम, सीमा सुरक्षा, विपन्नका लागि राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, लकडाउन कार्यान्वयनलगायतका विषयमा छलफल गरिएको मेची नगरपालिकाका प्रमुख विमल आचार्यले जानकारी दिनुभयो ।

बैठकमा मुख्यतः झापा जिल्लाका १५ वटै स्थानिय तहमा लकडाउन कार्यान्वयन र आवश्यक सामग्रीको व्यवस्थापन, स्वास्थ्य उपचारलगायतका आवश्यक विषयमा छलफल भएको जनाइएको छ । छलफलबाट यस विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै क्षेत्रसँग समन्वय र सहकार्य गर्दै आम नागरिकलाई सुरक्षित राख्नु पर्ने जिम्मेवारीलाई कार्यान्वयन गर्न प्रतिवद्धता जाहेर गरिएको मेची नगरपालिकाका प्रमुख आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर