२ जेष्ठ, काठमाण्डौँ । नेपालमा थप ९ जनाको कोरोना भाइरस –कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् ।
योसँगै कुल संक्रमित संख्या २६७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार धरान र नेपालगञ्जमा गरिएको परीक्षणमा संक्रमण पत्ता लागेको हो । संक्रमितमध्ये वीरगञ्जका ९ र १० वर्षीय बालक, ४७ वर्षीया महिला, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङका २३, ३६ र ३४ वर्षीय पुरुषहरु र काठमाडौं सतुंगलका ७ वर्षीय बालक छन् ।