लकडाउनमा कब्जियतको समस्याले सतायो कि ?

लकडाउनमा कब्जियतको समस्याले सतायो कि ?

४ जेष्ठ, काठमाण्डौँ । पचास बर्षिय एक पुरुषलाई लकडाउन पछि पाँच सात दिन देखि दैनिक दिसा नलाग्ने, दिशा भए पनि थोरै हुने, पेट फुल्ने ,दिसा गर्न अप्ठ्यारो हुने, पेट भारी हुने, पेटमा ग्यास बन्ने, पेट सफा नहुने ,असपट हुने, शरीर चंगा र छरितो नहुने,पेट कराउने, जस्ता कब्जियतका लक्षणहरु देखियो ।

कोरोनाको त्रासले आफु भयभित वैचेनी र तनावमा रहेको समेत बताउदै मनोपरामर्शका लागि मनोविदलाई फोन गरे । साथै आफुलाई पहिला देखिनै डर चिन्ताको मानसिक समस्या भएको जानकारी समेत गराए ।

लकडाउनको समयमा तपाईलाई पनि यस्तै कब्जियत वा पेटसँगका अन्य समस्याहरु त देखिएका छैनन ?

कब्जियत तथा पेटसँग सम्बन्धित अन्य समस्याहरु तनाव र चिन्ताको कारणले समेत हुनेगर्दछ ।

कोरोनाको प्रकोप तथा लकडाउनले स्वभाविक रुपले मानिसहरुमा मानसिक तनाव, डर, त्रास, चिन्ता बढाएको छ ।

तनावले पाचन थैलीबाट निस्कने ग्याष्टिक एसिडसहित विभिन्न हर्माेन र रासायनिक पदार्थको उत्पादनमा प्रत्यक्ष प्रभाव पर्छ । मानसिक तनाव हुँदा शरीरबाट बिभिन्न खालका स्टेस हर्मनहरु निस्कन्छन ।

तनावले कब्जियत हुनुका साथै पेटमा ग्याँस उत्पन्न भइ ग्याष्टिकको समस्या समेत देखिन्छ सक्छ ।

तनावले पाचन प्रणालीमा असर पुर्याउछ । जसको कारण पेट दुख्ने, कब्जियत हुने, पखला लाग्ने, वान्ता हुने वा पेटमा गडबडी हुने जस्ता समस्याहरु देखिन सक्छन ।

कब्जियत हुनुको अर्काे कारण असामान्य जीवन शैली र खानपना पनि हो ।

कोरोनाको संक्रमणको कारण लकडाउन गरिएको अहिले अवस्थामा हाम्रो जिवन शैलीमा परिबर्तन आएको छ । केही असन्तुलित समेत हुन पुगेकोछ । असन्तुलित खानपान र जीवन शैली हुँदा लकडाउनको समयमा धेरैमा कब्जियतको समस्या देखिएको हुनसक्छ ।

लकडाउनले शारीरिक रुपमा हामी निष्क्रिय जस्तै भएकाछौँ । चौबीसै घण्टा हामी घर भित्रै बस्न बाध्यछौ । लामो समयसम्म घरमा बसिरहँदा, शरीर चलायमान नहुदा वा शारीरिक श्रम नहुदा खानेकुरा सहजै पच्दैन । जसले गर्दा कब्जियत वा पेटका समस्याहरु बढेर जान्छ ।

लकडाउनमा कब्जियत हुनबाट जोगिन कस्तो हुनुपर्छ दैनिकी ?

–शरिरलाई सक्रिय वा व्यस्त राख्ने तथा मनलाई शान्त र आनन्दित वनाउने दैनिक किर्याकलाप हुनुपर्छ ।

–आफ्नो दैनिकीलाई नियमित र संतुलित बनाउनु पर्छ । काम गर्ने, खाने, सुत्ने समय निश्चित हुनु पर्छ । शैचालय जाने समय पनि निश्चित र नियमित बनाउनु पर्छ ।

–शारीरिक व्यायम गर्नु अहिलेको समयमा अति जरुरी हुन्छ । योगाभ्यास वा शारीरिक व्यायमले तनाव कम हुन्छ । साथै शरिरको पाचनशक्ति समेत बढाउन मद्दत गर्छ ।

–तनावको समयमा प्रशस्त आरामको जरुरत पर्छ । दैनिक कम्तीमा ७–८ घण्टा सुत्नु जरुरी हुन्छ । सुत्ने समय भने निश्चित हुनुपर्दछ । फुर्सद छ भनेर धेरै समयसम्म सुतिरहनाले पनि पाचन प्रणालीमा असर पुुग्छ ।

–राति अबेलासम्म टेलिभिजन हेरेर बस्ने, मोबाइल तथा ल्यापटपको वढि प्रयोग गर्ने जस्ता व्यवहारले पाचन प्रणालीमा असर र्पुयाउने गर्छ । यसको प्रयोगलाई सिमित गर्नुपर्छ ।

–मनलाई शान्त राख्न ध्यान, श्वासप्रस्वासको अभ्यास, आरमदायिक अभ्यास गर्नु पर्दछ । जसले तनाव व्यवस्थापनमा सहयोग पुग्छ ।

लकडाउनको समयमा कस्ता खानेकुराहरु खाने ?
लकडाउनको कारणले हाम्रो खानपान नमिलिरहेको पनि हुनसक्छ । जसले गर्दा कब्जियत भएको हुनसक्छ । त्यसैले यी कुराहरुमा ख्याल गर्नुपर्छ ।

–पचाउन सजिलो हुने प्रकृतिक खाद्यान्नहरु जस्तो रेसादार खानेकुरा, हरियो सागपात, सब्जी, सलाद, फलफुल, गेडागुडी, टुसा उम्रेका अन्न, काँक्रा, गाजर, मूला जस्ता खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।
–प्रशस्त मात्रामा पानी, दही, मही, जुस, सुप वा झोलियो खानेकुरा खानुपर्छ ।

–अमिलो–पिरो, फस्टफुड र ड्राईफुड, धेरै चिल्लो, तारेको, भुटेको, माछा, मासु, अण्डाजस्ता मांसाहार नखाके वा कम खाने । कोल्ड ड्रिंक र फास्टफूड सेवन गर्नु हुदैन । यसले पाचन प्रक्रियालाई असर गर्छ ।

–तनाबको बेला कि खानै मन लाग्दैन कि अरुवेला भन्दा धेरै खान पुगिन्छ । लकडाउनमा परिवारसँगै हुने, फुर्सदिलो भएका कारण खाने मात्र काम हुनसक्छ । जसले गर्दा खाएको खाना पच्न पाउदैन र कब्जियत हुनसक्छ । त्यसैले दिनमा ४–५ पटक गरेर थेरै थेरै खानु उपयुक्त हुन्छ ।

–चिया, कफि पनि धेरै खानु हुदैन । धूमपान तथा मद्यपान त गर्नैहुदैन । तर तनाबको बेला यसको सेपन वढ्ने जोखिम पनि हुन्छ । यसमा सचेत रहनु पर्छ ।

–दैनिक जीवन शैलि र खानपानमा ध्यान पुर्याउदा पनि कब्जियत वा पेट सम्बन्धि समस्याहरु कम नभएमा घरेलु उपाय अपनाउन सकिन्छ । जस्तो त्रिफला चूर्ण जस्ता आयुर्वेदिक औषधीको सेबन गर्न सकिन्छ । तर लामो समयसम्म कब्जियतको समस्या रहिरहेमा भने सम्बन्धि विशेषज्ञलाई देखाउनुपर्छ ।


एन्जाईटी वा चिन्ताका जन्य मानसिक रोगहरु, डिप्रेसन जस्ता मानसिक समस्याको कारणले पनि कब्जियत वा पेट सम्बन्धि समस्या देखिन सक्छ । मानसिक रोगका कारणले यस्तो भएको हो भने मनोरोग विशेषज्ञलाई देखाउनु पर्छ । मानसिक रोगको कारण पेटको समस्या आउदा जति सुकै ग्याष्टिक वा पेटको औषधी उपचार गरेपनि रोग निको हुन गार्हाे हुन्छ ।

हाँस्य कलाकार केदार घिमिरेलाई पनि एक पटक असाध्यै पेट दुख्ने समस्याले सतायो । पेटको जति नै औषधि उपचार गरेपनि पेट दुख्न कम भएन । पछि उनलाई डिप्रेसन भएको थाहा भयो । डिप्रेसनको उपचार पछि उनको सबै समस्याहरु कम भएर गयो ।

 

(यहाँहरुलाई पनि यस्तै समस्यले सताएको भएमा लकडाउको अवधिभर फोन मार्फत निशुल्क मनोपरामर्श सेवाको व्यवस्था मार्क नेपालले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सक्नुहुने छ ।)

 

-लेखक ढकाल मनोविद हुन् । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन ।

प्रतिक्रिया:

सम्बन्धित खवर