२५ श्रावण, काठमाण्डौँ । ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले अनसन तोडेका छन् ।
अभियन्ताले २३ औं दिनमा आज विहान अनसन तोडेका हुन् । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आज आमरण अनसन तोडेका हुन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले अभियन्तालाई पानी पिलाएर अनसन तोडाउनुभएयो ।
आन्दोलनरत अभियान्ता र स्वास्थ्य मन्त्रालयबीच १२ बुँदामा सहमति भएको छ ।