दुहवीका थप ७ जनामा कोरोना संक्रमण पुष्टि

दुहवीका थप ७ जनामा कोरोना संक्रमण पुष्टि

२७ श्रावण, सुनसरी । सुनसरीको दुहवीमा फेरी ७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

दुहवी नगरपालिकाका ६ का ४ जना , ९ का १ जना, १० का १ जना र १२ का १ जनामा गरी ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

हाल उनिहरुको स्वस्थ्य अवस्था समान्य रहेको र चाडै नै आईसोलेसनमा लैजाने तयारी भईरहेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देशर प्रसाद महतोले बताउनुभयो ।

दुहवी नगरपालिकाले स्वाब संकलन गरी स्वाब परिक्षणको लागि धरान स्थित विपी कोईरालामा पठाएका १०२ जनाको परिक्षण गर्दा हिजो ४४ जना तथा आज बिहान २८ जनाको रिपोर्ट नेगेटीभ आएको र अहिले ७ जनाको रिपोर्ट पोजेटीभ आएको हो ।

थप २३ जनाको रिपोर्ट आज बेलुका या भोलीसम्ममा आउने स्वास्थ्य शाखाका प्रमुख महतोले बताउनुभयो ।

यो संगै दुहवीमा कोरोना संक्रमिको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर