आज ३७८ जनामा कोरोना पुष्टि, ४९९ जना संक्रमण मुक्त

आज ३७८ जनामा कोरोना पुष्टि, ४९९ जना संक्रमण मुक्त

२४ श्रावण, काठमाण्डौँ । बितेको २४ घण्टामा देशभर थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कुल निको हुने संख्या १६ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७८८ जनाको परीक्षण भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ ।

उपत्यकामा संक्रमित संख्या बढ्दोः
आज उपत्यकामा ६२ जना संक्रमित थपिए । योसँगै अहिलेसम्म उपत्यकामा संक्रमितको संख्या १ हजार ४४ जना पुगेको छ ।

त्यसमध्ये काठमाडौंमा ८ सय २२, ललितपुरमा १३७ र भक्तपुरमा ८५ जना रहेका छन् । कूल संक्रमितमध्ये करिब ७ सय जनाको उपचार भइरहेको छ भने बाँकीको उपचार सफल भएको छ ।

संक्रमितमध्ये ६० प्रतिशतभन्दा धेरै काठमाण्डौ उपत्यकाबाहिरबाट आएका हुन् । अधिकांश प्रदेश नम्बर दुईबाट र केही भारतबाट आएकासमेत संक्रमित भएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर