२३ श्रावण, सुनसरी । सुनसरीको धरान स्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
सिराहाको गोलबजार १२ का २५ वर्षीय युवालाई जनकपुरबाट रिफर गरेर धरान ल्याईएको थियो । उनको गए राती १०ः४५ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताउनुभयो ।
उनी मिर्गौलाका बिरामी थिए । उनको हप्तामा २, ३ पटक डाइलाइसिस गराउनुपथ्र्यो । सोही कारणले सिकिस्त अवस्थामा रहेकाको उनको डाइलाइसिस गर्ने क्रममा मृत्यु भएको हो ।