२० भाद्र, इलाम । इलामको चुलाचुली गाउँपालिकामा पनि कोरोना संक्रमित व्यक्ति फेला परेका छन् ।
चुलाचुली–१ कमलका ३२ बर्षिय एक पुरुषको कोरोना परिक्षण पिसिआर रिपार्ट पोजिटिभ आएको चुलाचुलीका स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दाहालले गृहखबरलाई जानकारी दिनुभयो ।
कोरोना परिक्षणका लागि ति व्यक्तिको स्वाब संकलन गरेर १० दिन अगाडी विराटनगर स्थित कोभिड १९ उपचार केन्द्र कोशी अस्पताल पठाईएको थियो । आज उनको रिपोर्ट पोजिटिभ आएको हो ।
संक्रमित व्यक्ति चुलाचुली देखी झापाको केर्खा बजारसम्म आउजाउ गरिरहन्थे । उनीमा केही दिन अगाडी कोरोना संक्रमणको लक्ष्यण समेत देखिएको थियो । उनमा ज्वरो आउने तथा रुघामार्गीको समस्याहरु देखिएको थियो । तर उनको त्यो समस्या अहिले ठिक भईसको छ ।
स्वास्थ्य प्रमुख दाहालका अनुसार संक्रमित व्यक्ति आजसम्म परिवारको सम्पर्कमै बसिरहेका थिए । यसले गर्दा समुदाय स्तरमा संक्रमणको जोखिम बढेको छ । भोलीबाट संक्रमित व्यक्तिको ‘ट्राभल हिस्ट्री’को आधारमा उनीसंग सम्पर्कमा आएकाहरुको स्वाव संकलन गर्ने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।
संक्रमित व्यक्तिलाई अहिले इलाम जिल्ला स्तरिय आईसोलेसन केन्द्रमा पठाउने तयारी भईरहेको प्रमुख दाहालले बताउनुभयो ।