२९ कार्तिक, इलाम । इलाम आइतबारेको मेची आयुर्वेद औषधालय अस्पताल प्रदेश–१ कै उत्कृष्ट भएको छ । कार्य सम्पादनको आधारमा मेची औषधालय प्रदेशकै उत्कृष्ट घोषित भएको हो ।
स्वास्थ्य निर्देशनालय धनुकटाद्धारा संचालित आर्थिक बर्ष २०७६/७७ को बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालयहरु मध्ये मेची औषधालयले उत्कृष्ट स्थान हासिल गरेको हो । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरले उत्कृष्ट स्थान हासिल गरेको आयुर्वेद कार्यालयका प्रमुख तिर्थ आचार्यलाई सम्मानपत्र प्रदान गर्नुभयो ।
गत आर्थिक बर्ष २०७५/७६ मा इलाम दोश्रो स्थानमा रहेको थियो ।