२५ कार्तिक, झापा । झापामा आज थप चार जना कोरोना संक्रममितको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवलकी ६८ वर्षीय महिला, हल्दिबारी, गौरादह र मेचीनगरका क्रमशः ६०, २६, ५८ वर्षीय एक–एक पुरुष रहेको जनाइएको छ । योसँगै हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।
यसैगरी जिल्लामा आज थप ७५ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चौलागाईले जानकारी दिनुभयो । जसमा ५२ महिला र २३ पुरुष रहेका छन ।
आज थपिएका संक्रमितहरु सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरुमा अर्जुनधाराका २, कन्काइका २, कमलका ७, गौरादहका ३, गौरीगञ्जका ५, दमकका २२, बुद्धशान्तिका १, बाह्रदशीका १, बिर्तामोडका १४, मेचीनगरका २, भद्रपुरका १०, हल्दिबारीका २, शिवसताक्षीका ४ गरि ७५ जना रहेको फोकल पर्सन चौलागाईंले बताउनुभयो ।
हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ७२४ पुगेको छ ।